इनर्जिका प्रिमियम इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४२ लाख देखि ५८ लाख सम्म

काठमाडौं – हालै नेपाल भित्रिएको इनर्जिका इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रहेको टर्बो मोटर्सले सो ब्रान्डका विभिन्न मोटरसाइकलको मूल्य तोकिएको बताएको छ ।

इनर्जिकाका चार मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । नेपाली बजारमा इनर्जिका इगो, इगो आरएस, ईएसएसई ईएसएसई ९ र इभा रिबेल गरी चार मोडल छन् । यी मध्ये इनर्जिका इगोको मूल्य ४२ लाख, इगो आरएसको मूल्य ५८ लाख, इभा रिवलेको मूल्य ५० लाख र ईएसएसई ईएसएसई ९ को मूल्य ४६ लाख रुपैयाँ तोकिएको छ ।

यी मध्ये इनर्जिका इगो विश्मै सबैभन्दा पहिले सडकमा चलाउनका लागि स्वीकृत प्राप्त इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल भएको कम्पनीको दावी छ । यो इनर्जिकाको सबैभन्दा लोकप्रिय फ्ल्यागसिप मोटरसाइकल समेत हो ।

यो मोटरसाइकलमा ३०० भोल्टको डीसी मोटर रहेको छ । यसमा १२६ किलोवाट सम्मको पिक पावर, २१५ एनएमको टर्क, २४० किलोमिटर प्रतिघण्टाको टप स्पिड र सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने क्षमता छ । त्यसैगरी यसले २.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति प्रदान गर्न सक्छ ।

इनर्जिका इगोमा अर्वान, इको, वेट र स्पोर्ट गरी चार राइडिङ मोड रहेका छन् भने हाई, मिडियम, लो र अफ गरी चार रिजेनेरेटिभ मोड रहेका छन् । क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, पार्क असिस्ट, टीएफटी कलर डिस्प्ले, स्विचेबल एबीएसका साथै लामो समय सम्म प्रयोगमा नआए पनि अटोमेटिक रुपमा मेन्टिनेन्स र ब्यालेन्सिङ गर्ने गर्ने एलपीआर फङसन उपलब्ध छ ।

यी मोटरसाइकलमा लिथियम पोलिमर ब्याट्री र फास्ट चार्जर लगायतका विभिन्न सुविधा छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...