टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा
पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...
नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल भित्रिएका छन् । ती मध्ये इनर्जिका इगो एक हो ।
इनर्जिका इगो विश्मै सबैभन्दा पहिले सडकमा चलाउनका लागि स्वीकृत प्राप्त इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल भएको कम्पनीको दावी छ । यो इनर्जिकाको सबैभन्दा लोकप्रिय फ्ल्यागसिप मोटरसाइकल समेत हो ।
यो मोटरसाइकलमा ३०० भोल्टको डीसी मोटर रहेको छ । यसमा १२६ किलोवाट सम्मको पिक पावर, २१५ एनएमको टर्क, २४० किलोमिटर प्रतिघण्टाको टप स्पिड र सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने क्षमता छ । त्यसैगरी यसले २.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति प्रदान गर्न सक्छ ।
इनर्जिका इगोमा अर्वान, इको, वेट र स्पोर्ट गरी चार राइडिङ मोड रहेका छन् भने हाई, मिडियम, लो र अफ गरी चार रिजेनेरेटिभ मोड रहेका छन् । क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, पार्क असिस्ट, टीएफटी कलर डिस्प्ले, स्विचेबल एबीएसका साथै लामो समय सम्म प्रयोगमा नआए पनि अटोमेटिक रुपमा मेन्टिनेन्स र ब्यालेन्सिङ गर्ने गर्ने एलपीआर फङसन उपलब्ध छ ।
यसमा २१.५ किलोवाट आवर सम्म क्षमताको लिथियम पोलिमर ब्याट्री रहेको छ, जसलाई फास्ट चार्ज र स्लो चार्ज मोडमा चार्ज गर्न सकिन्छ । स्लो चार्ज मोड २ वा ३ प्रयोग गरेर प्रतिघण्टा ६३.५ किलोमिटर र फास्ट चार्ज डीसीएफसी मोड ४ प्रयोग गरेर प्रतिघण्टा ४०० किलोमिटरको दरमा रिचार्ज गर्न सकिन्छ । यो विश्वमा उपलब्ध सबैभन्दा तीव्र गतिमा चार्ज गर्न सकिने मोटरसाइकल मध्ये एक भएको बताइन्छ ।
यसमा भएको ड्यासबोर्डमा ४.३ इन्चको टीएफटी कलर डिस्प्ले, इन्टिग्रेटेड जीपीएस रिसिभर र ब्लुटुथ कम्युनिकेसन, वार्निङ लाइट, एम्बियन्ट लाइट सेन्सर, रियल टाइम क्लक, जीपीएस आदि फिचर उपलब्ध छ ।
यसमा भएको भीसीयू अर्थात भेइकल कन्ट्रोल युनिटले मल्टी–म्याप एडेप्टिभ इनर्जी र पावर म्यानेजमेन्ट सिस्टमलाई नियन्त्रण गर्छ । २६० किलोग्राम तौल भएको यो इलेक्ट्रिक मोटरसाइकलमा प्रतिष्ठित कम्पनीका ब्रेक, चेन, एबीएस, टायर आदि प्रयोग भएका छन् ।
यो मोटरसाइकलको लम्बाई २१४० एमएम, चौडाई ८७० एमएम र उचाई ११६६ एमएम छ । यसको सिट हाइट ८१० एमएम र ह्विलबेस १४६५ एमएम छ ।
कम्पनीले मोटरसाइकलमा २ वर्षको वारेन्टी प्रदान गर्ने बताएको छ । त्यसैगरी ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी प्रदान गर्नेछ ।
इनर्जिका इगो मोटरसाइकलको मूल्य कम्पनीले अहिले सार्वजनिक गरेको छैन । केही दिनमा यसको मूल्य सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।
पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...
काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...
काठमाडौं – नायिक बेनिसा हमालले ओमोडा ई५ ईभी रोजेकी छिन् । नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...