नयाँ क्रसभोरले सुजुकी बलेनोको बजार कब्जा गर्ने अनुमान
मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...
सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको माइलस्टोन पुरा गरेको छ । भारतमा सन् २००७ देखी उत्पादन हुँदै आएको सो स्कुटरले १६ वर्षको अवधीमा यस्तो उपलबधी हात पारेको हो । एक्सेस १२५ विगत लामो समयदेखी नेपाली बजरामा पनि उपलब्ध रहँदै आएको छ । यो स्कुटरलाई हाल भीजी अटोमोवाइलले आयत गरी कारोवार गरिरहेको छ ।
भारतमा निकै राम्रो बजार लिन सफल भएपनि एक्सेस १२५ ले नेपाली बजारमा भने राम्रो उपस्थिती जनाउन सकिरहेको छैन । १२५ सिसी सेग्मेन्टमा सवैभन्दा पहिला नेपाल भित्रिएर पनि सो स्कुटरले बजार लिन नसक्नुको पछाडी विक्रेता कम्पनीले बजार प्रवद्र्धनमा उचित ध्यान दिन नसक्नु रहेको प्रष्ट हुन्छ । जसका कारण सुजुकीका अन्य वाइकको बिक्रीले पनि गती लिन सकिरहेको छैन । जसका कारण सुजुकीका अन्य वाइकको बिक्रीले पनि गती लिन सकिरहेको छैन ।
१२५ सिसी सेग्मेन्टमा निकै ढिलो गरी आएका टिभिएस एनटर्क, होन्डा ग्राजिया, यामाहा फेसिनो र रे–जेडआर जस्ता मोडलले अहिले राम्रो बजार पाइरहेका छन् । तर सुजुकी एक्सेस एकदमै कम संख्यामा बिक्री भइरहेको छ । हाल यसको वीएस६ मोडल उपलब्ध छ ।
एक्सेस १२५ मा १२४ सीसीको फ्यूल इन्जेक्टेड सिंगल सिलिन्ड जडान गरिएको छ । जसको पावर ८.७ एचपी र टर्क १० एनएम रहेको छ । टप स्पिड ९१ किलोमिटर प्रतिघन्टा रहेको यो स्कुटरले एक लिटर पेट्रोलको खपतमा ६० किलोमिटर माथी माइलेज दिने दावी गरिएको छ । स्कुटरमा प्राय सवैजसो आधुनिक फिचर दिइएको छ । यो स्कुटरलाई कम्पनीले २ लाख ६६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।
मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...
मारुति सुजुकीले आफ्नो लोकपिय मोडल इको भ्यानको २०२५ संस्करण लन्च गरेको छ ।...
मारुती सुजुकीले मे महिनामा आफ्नो बहुप्रतीक्षित नयाँ भिटारा ब्रेजा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...