परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...
मारुती सुजुकीले केही दिन पहिले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ लाई भारतमा लन्च गरेको थियो । ७ र ८ सीट क्षमता रहेको सो एमपीभी मारुती सुजुकीको प्रोडक्ट पोर्टफोलियोमा हालसम्मकै महंगो कार हो । जसको मूल्य भारतीय बजारमा २४ लाख ७९ हजारदेखी २८ लाख ४२ हजार भारुसम्म निर्धारण गरिएको छ । इन्भिक्टोलाई कम्पनीले ३ भेरियन्टमा ल्याएको हो । जसमा जेटा प्लस ७ सिटर, जेटा प्लस ८ सिटर र अल्फा प्लस ७ सिटर रहेका छन् ।
लामो समयदेखि चर्चा भइरहेको सो कारमा ४ सिलिन्डर २.० लिटर हाइव्रिड इन्जिन दिइएको छ । इन्भिक्टो नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनमा भने उपलब्ध नहुने कम्पनीले जनाएको छ । कारको पावर १८३ बीएचपी रहेको छ । यसका साथै कारमा म्यानुअलको साथ सीभीटी ट्रान्समिसन विकल्प पनि राखिएको छ । मारुती सुजुकीले यसलाई टोयोटासंगको सहकार्यमा तयार पारेको हो ।
सो एमपीभीमा सुजुकीले प्रशस्तै प्रिमियम फिचर दिएको छ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन एसी, सनशेड, कट विन्ड शिल्ड, पावर टेलगेट, ३६० डिग्री भ्यु मोनिटर, रियर डोर सनशेड, फ्लेक्जिबल सिट, मल्टिपल स्टोरेज, फोल्डिङ साइड टेबल, मल्टिपल चार्जिङ पोर्ट, पर्सनल रिडिङ ल्याम्पजस्ता सुविधाहरू उपलब्ध गराइएको छ ।
कारमा सुरक्षालाई विशेष ध्यान दिइएको छ । यसमा ६ वटा एयरब्याग दिइएको छ । कारमा ई–कल सुविधासहित सुजुकी कनेक्ट दिइएको छ । अगाडि र पछाडि डिस्क ब्रेक प्रदान गरिएको छ । अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । ईबीडीका साथ एबीएस, हिल होल्ड असिस्ट सहित भेइकल स्टेबिलिटी कन्ट्रोल प्रदान गरिएको छ ।
टोयोटासँगको साझेदारीमा डिजाइन गरिएको भएपनि इन्भिक्टोको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भने टोयोटाकै इनोभा हाइक्रस हुनेछ । योसँगै यसले महिन्द्रा एक्सयूभी ७०० र एमजी हेक्टर जस्ता गाडीसँग पनि प्रतिस्पर्धा गर्नेछ । भविष्यमा यो कार नेपाली बजारमा पनि उपलब्ध हुने संभावना रहेको छ । जसको शुरुवाती मूल्य नै नेपाली बजारमा १ कारोडमाथी पर्ने अनुमान गर्न सकिन्छ ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...
मारुती सुजुकीले जुन ५ मा आफ्नो पहिलो फ्लेक्स फ्युल कार सार्वजनिक गर्ने...
सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...