बुटवल प्रहरीको अपरेसन : १४ मोटरसाइकल र १३ चाेर पक्राउ

बुटवल - रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ परेको छ। ईलाका प्रहरी कार्यालय बुटवलले चोरी गरिएका १४ वटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको  रामग्राम १४ बस्ने वर्ष ४३ को सुनिल कुमार चौधरी,रामग्राम १६ बस्ने वर्ष २० को करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा-५ बस्ने वर्ष २६ को दिपक रेगामी मगर, तिलोत्तमा ६ बस्ने वर्ष २४ को दिपेश थापा रहेका छन्।

त्यस्तै तिलोत्तमा ६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा ४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले १३ जनामध्ये ६ जना एउटा समुहमा रहेको र अन्य सातजना विभिन्न समुहमा रहि चोरिमा संंलग्न रहदै आएको पाईएको जानकारी दिए।

गत फागुन यता हराएका मोटरसाइकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरू

जीवन बचाउने प्रकाश: रातको समयमा सवारी बत्तीको जिम्मेवार प्रयोग गरौं

जीवन बचाउने प्रकाश: रातको समयमा सवारी बत्तीको जिम्मेवार प्रयोग गरौं

रातको समयमा सवारी सञ्चालन गर्नु आफैंमा एउटा चुनौती हो । दिनको उज्यालोमा...

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

सवारी चालक अनुमति पत्र निर्देशिका बनेको झन्डै दुई वर्षपछि बागमती प्रदेशमा...

सम्झनुहोस् यो शुत्र POWDER, जसले तपाईको सवारीको खर्च घटाउँछ, दुर्घटनाबाट बचाउँछ

सम्झनुहोस् यो शुत्र POWDER, जसले तपाईको सवारीको खर्च घटाउँछ, दुर्घटनाबाट बचाउँछ

त्यो सम्झनु पर्ने शुत्र हो – POWDERP = Petrol अर्थात इन्धनतपाइको इच्छित यात्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...