स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
काठमाडौं – नेपालका लागि आइसर कमर्सियल भेइकलको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिले भल्भो आइसर कमर्सियल भेइकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ ।
आइसर कमर्सियल भेइकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमको मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवालले बताए ।
‘नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेइकलको भूमिका महत्वपूर्ण हुन्छ । र यो क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदानको कदर गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’ बतास एमएडब्लुका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने, ‘यसका अलावा हाम्रो उद्देश्य बतास अर्गनाइजेसन तथा एमएडब्लु कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि हो ।’
कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेइकलका अगुवा, यातायात संघका पदाधिकारी तथा विज्ञहरुसहित एकसय ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा भल्भो आइसर कमर्सियल भेइकल इन्डियाका प्रमुख एस एस गिल तथा अन्य उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालले दुई समूहबीचको साझेदारी नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने बताए । ‘ग्राहक महानुभावहरुको सेवा र सुविधा लक्ष्य हो । यसका साथै, यो साझेदारीले नविनता र दिगोपनलाई पनि उत्तिकै महत्व दिनेछ,’ उनले भने ।

साथै बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासले आइसर यात्राको सफलता र निरन्तरताको लागि बैंकहरु र ग्राहकको विशेष भूमिका रहेको र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लगायत नौ वटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो ।
कम्पनीका प्रबन्ध संचालक शान्त राज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका थिए ।
‘समृद्धिको लागि साझेदारी’को मान्यता बोकेको आइसर ब्रान्डलाई बतास अर्गनाइजेन र एमएडब्लु कमर्सियलबीच भएको साझेदारीले ‘सिर्नेटिक इफेक्ट’ सिर्जना गर्ने विश्वास बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिले लिएको बताएको छ । दुई समूहको साझेदारी ‘टुगेदर वि आर अनस्टपेबल’ नारालाई आत्मसात् गर्दै अघि बढ्ने बताइएको छ ।
बतास अर्गनाइजेसन र एमएडब्लुले पहिले देखि नै फिएट र जिप लगायतका सवारी साधन बिक्रीमा सहकार्य गरिरहेकोमा हालै आइसरका सवारी साधन बिक्री गर्न समेत सहकार्य गरेका छन् । त्यसैगरी दिपक कुमार अग्रवाल हालै नयाँ सीईओको रुपमा बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिमा सीईओको रुपमा नियुक्त भएका हुन् ।
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
जिप इन्डियाले आफ्नो लोकप्रिय ७ सिटर प्रिमियम एसयूभी मेरिडियनको स्पेशल...
जिप इन्डियाले आफ्नो नयाँ एसयूभी मेरिडियन एडभान्स ड्राइभर असिस्टेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...