लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। लुम्बिनी प्रदेशले पनि त्यसै अनुसार करको दर निर्धारण गरेको छ।

लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि ३० हजार रुपैयाँसम्म रहेको छ। यसमा १२५ सीसीसम्मको लागि ३०००, १२६ सीसीदेखि १५० सीसीसम्मको लागि ५०००, १५१ सीसीदेखि २२५ सीसीसम्म ६५००, २२६ सीसीदेखि ४०० सीसीसम्मको लागि ११००० र ४०० सीसीभन्दा माथि ६५० सीसीसम्म २० हजार रुपैयाँ रहेको छ। यस्तै ६५० सीसीभन्दा माथिका सबै बाइकको वार्षिक कर ३० हजार तोकिएको छ।

यो सेगमेन्टमा अघिल्लो वर्षको तुलनामा २००० का दरले वार्षिक कर बढाइएको छ।

यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधनको समेत वार्षिक कर तिर्नुपर्छ। लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमा विद्युतीय मोटरसाइकल दर्ता भएको भएपनि गत आर्थिक वर्ष २०७७÷७८ सम्म कर तिर्न परको थिएन। तर हाल चालु आर्थिक वर्ष देखि भने विद्युतीय सवारीमा पनि कर लागू गरिएको हो।

विद्युतीय मोटरसाइकल तथा स्कुटर १००० वाटसम्म २०००, १००१ वाटदेखि १५०० वाटसम्म २५०० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ।

यसैगरी कार, जिप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म २२ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २५ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २७ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ। यो वर्ष यस्ता गाडीको कर २ हजार रुपैयाँले बढाएको छ।

यसैगरी २००१ सीसीदेखि २५०० सीसीसम्मका सवारीले ३७ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ५० हजार र २९०१ सीसीदेखि ३५ सीसीसम्मका सवारीले ६० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

यो सेग्मेन्टमा ११ हजार रुपैयाँसम्म कर बढाइएको छ। यस्तै ३५०० सीसीभन्दा माथि भने एकमुस्ठ ६५ हजार वार्षिक कर लाग्छ।

यस्तै विद्युतीय कार, जिप, भ्यान र माइक्रोबस ४९ किलोवाटसम्म १० हजार, ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाटभन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

यसैगरी डोजर, एक्साभेटर, लोडर, ट्रिपर वा क्रेन जस्ता मेशिनरी उपकरण तथा मिनी ट्रिपरको पनि कर बढेको छ। जसमा डोजर, एक्साभेटर, लोडर वा क्रेन जस्ता केशिनरी उपकरणको ४० हजार छ। यस्तै ट्रिपरको ३९ हजार र मिनीट्रिपरको ३० हजार रुपैयाँ लाग्छ।

तीन पांग्रेमा पनि टेम्पोको ६ हजार र ईरिक्साको ४००० लाग्छ। हाबेस्ट र ट्रयाक्टरको कर ५ हजारदेखि ९ हजार सम्म छ। पावर ट्रिलरको भने ४५०० रुपैयाँ छ। यस्तै मिनीबस र मिनी ट्रकको २७००० र ट्रक वा ठुला बसको ३५००० रुपैयाँ वार्षिक कर लाग्छ।

भाडामा भएका सवारीको हकमा यस्तो छ दर
भाडामा भएका सवारी कार, जिप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म ११ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म १२५००, १५०१ सीसीदेखि २००० सीसीसम्म १३५०० रुपैयाँ वार्षिक कर तर्नुपर्छ। यसैगरी २००१ सीसीदेखि २५०० सीसीसम्मका सवारीले १४५००, २५०१ सीसीदेखि २९०० सीसीसम्म १६५०० र २९०१ सीसीदेखि ३५ सीसीसम्मका सवारीले १७५०० रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। ३५०० सीसीदेखि ४००० सीसीसम्मले १९००० र ४००० सीसीभन्दा माथि सबैले २२००० रुपैयाँ कर तिर्नुपर्छ।

डोजर, एक्साभेटर, लोडर वा क्रेन जस्ता मेशिनरी उपकरणले २१०००, टेम्पोले ६०००, ट्रयाक्टरले ७०००, पावर ट्रिलरले ४५००, मिनीट्रक वा मिनि बसले १५०००, मिनि ट्रिपरले १८०००, ट्रक पानी ट्यांकर वा बसले २० हजार, तेल ट्यांकरले २२०००, ग्यास ब्लेटले २५०००, ट्रिपरले १९००० वार्षिक कर तिर्नु पर्ने हुन्छ।

यसैगरी विद्युतीय भाडाका सवारीमा २० किलोवाटसम्म २५००, २० किलोवाटदेखि ५० किलोवाटसम्म ३०००, ५० देखि १२५ किलोवाटसम्म ५०००, १२५ देखि २०० किलोवाटसम्म १०००० र २०० किलोवाटभन्दा माथि सबै १५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ।

सम्बन्धित समाचारहरू

फिचर थप भएको टिगोर इभी आज लन्च हुँदै, रेन्ज ९ किलोमिटर वढी पाइने

फिचर थप भएको टिगोर इभी आज लन्च हुँदै, रेन्ज ९ किलोमिटर वढी पाइने

टाटा मोटर्सले आज टिगोेर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट सार्वजनिक गर्ने...

भारी मात्रामा मूल्य कटौतीका साथ हार्लेको इलेक्ट्रिक बाइक लाइभवायर वान सार्वजनिक

भारी मात्रामा मूल्य कटौतीका साथ हार्लेको इलेक्ट्रिक बाइक लाइभवायर वान सार्वजनिक

क्रुजर बाइक निर्माण गर्न चर्चित अमेरिकन अटोमोबाइल कम्पनी हार्ले...

फिटनेस ठिक नभएका १८  सुमो प्रहरी नियन्त्रणमा

फिटनेस ठिक नभएका १८ सुमो प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरी प्रमुखमा डिआइजी मिरा चौधरी आएपछि सवारीसाधनको फिटनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...