भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, यस्ताे छ इन्डियन आयल र नेपाल आयल निगमकाे भनाइ
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार...
काठमाडौँ – नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ रुपैयाँ र तेस्रो वर्गमा पाँच रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर एक सय ७५ थियो।
यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार...
भारतमा हाल बीएस७ को चर्चा चलिरहेको छ । लामो समयदेखि डिजेल इन्जिनमा भर पर्दै...
नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...