जब चलिरहेको इलेक्ट्रिक कारको ब्याट्री फुत्त बाहिर निस्कियो ……

इन्जिनलाई कारको आत्मा भनिन्छ किनभने इन्जिन बिना कार चल्न सक्दैन। त्यस्तै, विद्युतीय कारको ब्याट्री कारको सबैभन्दा महत्वपूर्ण अंग हो । ब्याट्री बिना इलेक्ट्रिक कार चलाउने कुराको कल्पना पनि गर्न सकिदैन । तर यदि चलिरहेको इलेक्ट्रिक कारको ब्याट्री फुत्त वाहिर निस्क्यो भने के होला ?

चीनको सिचुआन प्रान्तको एक मुख्य सडकमा यस्तै भयो । त्यहाँ चलिरहेको इलेक्ट्रिक कारको ब्याट्री सडकमा खसेको थियो । कार न्यूज चाइनाका अनुसार काओ काओ ६० नामक सो कारमा यस्तै भयो, जुन यस वर्षको मार्चमा चीनमा १ लाख १९ हजार ८०० युआन अर्थात १७ हजार ५०० डलरमा लन्च गरिएको थियो।

कम्पनीले यो कारमा स्व्याप गर्न मिल्ने ब्याट्री उपलब्ध गराएको छ जुन एक मिनेटमै परिवर्तन हुने दाबी गरिएको छ । यो घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसलाई शेयर गरेर मानिसहरुले कारको गुणस्तरमाथि प्रश्न उठाइरहेका छन् ।

यो कार चीनको ठूलो अटोमोबाइल समूह गिलीको रहेको बताइएको छ । गिली चाहिं स्वीडेनको कार निर्माता कम्पनी भल्वोको प्यारेन्ट कम्पनी समेत हो। केही रिपोर्टमा यो कारको सर्भिसिङमा लापरवाही भएको दाबी गरिएको छ, जसका कारण ब्याट्री क्याबिनेट खुकुलो रहेको थियो । जसका कारण गुडिरहेको कारबाट ब्याट्री निस्केर सडकमा खसेको थियो । उही समयमा, कम्पनीले यस घटनामा आधिकारिक बयान जारी गरेको छैन। यस घटनामा कुनै पनि मानवीय वा अन्य क्षति भएको समाचार भने छैन ।

४१५ किलोमिटर रेन्ज भएको सो कार चीनमा क्याबका लागि मात्र उपयोग गरिन्छ । स्वापेबल ब्याट्रीका साथ लन्च गरिएको सो कारमा भएको सो घटनाको सम्बन्धमा छानविन पश्चात मात्र सत्य तथ्य सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

काठमाडौं – सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी,...

इलेक्ट्रिक गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

इलेक्ट्रिक गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जाँदा आयातमा पनि उल्लेखिय वृद्धि भइरहेको...

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...