यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

नेपाल आयल निगम हाल नाफामा छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

सम्बन्धित समाचारहरू

चुनावमा इन्धन आयात नियमित, क्यान र ड्रममा भर्न निषेध

चुनावमा इन्धन आयात नियमित, क्यान र ड्रममा भर्न निषेध

काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात नियमित रहेकाले...

उपभोक्तालाई कम तेल दिने काठमाडौंका यी ४ पेट्रोल पम्पमा सिल

उपभोक्तालाई कम तेल दिने काठमाडौंका यी ४ पेट्रोल पम्पमा सिल

काठमाडौं– उपभोक्तालाई कम तेल दिएर ठग्ने ४ वटा पेट्रोल पम्पमा सरकारी...

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...