सवारी साधनमा नयाँ इन्धन, जीएसीले ल्यायो एमोनियाबाट चल्ने पहिलो इन्जिन

चिनियाँ अटो उत्पादक ग्वांझाउ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी) ले एमोनियाँ ग्याँसबाट चल्ने पहिलो इन्जिन विकास गरेको छ । सो नयाँ विकासले ग्यासोलिन र फोसील फ्यूलबाट चल्दै आएको सवारीसाधनमा नयाँ इन्धनको विकल्प थप भएको छ । भविष्यमा यसले ग्रिन इनर्जीको क्षेत्रमा राम्रो पकड कायम गर्ने विश्वास लिइएको छ ।

कम्पनीले सो इन्धनको प्रयोगबाट चल्ने छुट्टै २.० लिटर इन्जिनको विकास गरेको हो । जसले तरल एमोनियालाई एकदमै प्रभावकारी तवरबाट इन्धनमा रुपान्तरण गर्नसक्ने जनाइएको छ । सो इन्जिनको पावर १२० किलोवाट रहेको छ भने यसले ९० प्रतिशत कार्वन उत्सर्जन कम गर्ने दावी गरिएको छ ।

एमोनीयाबाट चल्ने इन्जिनको विकास सफल भएसंगै कम्पनीले छिट्टै यसको व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । सो इन्जिनलाई पहिलो चरणमा कमर्सियल भेइकलमा प्रयोग गर्ने र विस्तारै प्यासेन्जर कारमा समेत विस्तार गर्ने जिएसीको योजना छ ।

सो ग्याँसमा निकै नै हानिकारक पदार्थ समेत हुने कारण यसको सेफ्टि प्रोटोकल भने चुनौतीपूर्ण रहने देखिएको छ । यसको प्रयोगलाई जोखिम रहित बनाउन थप अध्यायन र अनुसन्धान गर्दै जाने कम्पनीको भनाई छ । जीएसीले हाल आयोन व्रान्डमा इभी समेत उत्पादन गरी बिक्री गर्दै आएको छ । सो ब्रान्ड चीनमा वीवाइडी र टेस्लापछि तेस्रो धेरै बिक्री हुने इभी हो ।

सम्बन्धित समाचारहरू

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

विश्वव्यापी रूपमा अटोमोबाइल क्षेत्र तीव्र परिवर्तनको चरणमा छ। विद्युतीय...

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिबाट ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने दाबी

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिबाट ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने दाबी

काठमाडौं – नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र...

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...