११ महिनामा ५६ हजार ६ सय युनिट स्कुटर र बाइक यातायातमा दर्ता

काठमाडौं – सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बाइक र स्कुटरको बिक्रीमा ठुलो गिरावट आएको छ। काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दर्ता हुने दुई पाङ्ग्रे सवारी संख्या ह्वातै घटेको छ। चालु आर्थिक वर्षको साउन देखि जेठ सम्मको ११ महिनासम्ममा आइपुग्दा कुल ५६ हजार ६०२ युनिट बाइक तथा स्कुटर दर्ता भएका छन्।

यसमा स्कुटर मात्र कुल २० हजार युनिट दर्ता भएका कार्यालयले जनाएको छ। चालु आवको असोज महिनासम्म मासिक ८ हजार ८५५ युनिट दुई पाङ्ग्रे सवारी दर्ता भएका थिए। तर अहिले पछिल्लो वैशाखमा दर्ता संख्या घटेर ४ हजार २०२ युनिट रहेका छन्। यस्तै जेठमा ४ हजार २४८ युनिट स्कुटर तथा बाइकहरु दर्ता भएका कार्यालयले जनाएको छ।

यसरी हेर्दा दुई पाङ्ग्रे सवारीको दर्ता ६० प्रतिशतले घटेको देखिन्छ। यस्तै दुई पाङ्ग्रे सवारीसाधन बिक्री पनि करिव ८० प्रतिशत घटेको छ ।

साउनदेखि असोजसम्म यातायात कार्यालयमा दर्ताको चाप थियो। तर त्यस पछिका महिनाहरुमा भने त्यस्तो चाप नदेखिएको कार्यालय प्रमुखहरु बताउँछन्।

कार्यालयका अनुसार काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुमा पनि यसअघि असोजमा १२०० युनिट दुईपाङ्ग्रे सवारी साधन दर्ता हुने गरेकामा अहिले घटेर ४०० युनिटको हाराहारीमा दर्ता हुने गरेको कार्यालयले जनाएको छ।

कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी हुने गर्छ। यसले सरकारले उठाउने राजश्वमा समेत असर गरेको कार्यालयले जनाएको छ।

कुन महिना कति दर्ता ?
कार्यालयका अनुसार चालु आवको साउनमा कुल ७ हजार ४६५ युनिट बाइक तथा स्कुटर दर्ता भएका छन्। जसमा स्कुटर मात्र ४ हजार १०६ युनिट दर्ता भएका कार्यालयले जनाएको छ। सोही महिना १ हजार ५० युनिट स्कुटर मात्र दर्ता भएको थियो।

यसैगरी, भदौंमा कुल ८ हजार ५१२ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएका छन्। असोजमा ८ हजार ८५५ युनिट दर्ता भएका कार्यालयले जनाएको छ।

कात्तिकमा ४ हजार ७२२ युनिट, मंसिरमा ३ हजार ९९८ युनिट, पुषमा २ हजार ९४७ युनिट, माघमा ४ हजार ७ युनिट, फागुनमा ४ हजार ४३७ युनिट, चैतमा ३ हजार २४५ युनिट, वैशाखमा ४ हजार २०२ युनिट र जेठमा ४ हजार २४८ बाइक तथा स्कुटर दर्ता भएका छन्।

यसैगरी, पेट्रोल स्कुटर मात्र १५ हजार ५५९ युनिट दर्ता भएका छन्। यस्तै, विद्युतीय स्कुटर मात्र ३ हजार ४४१ युनिट दर्ता भएका छन्।

यसैगरी, ११ महिनामा ६ हजार ७०० युनिट पेट्रोलबाट संचालन हुने बाइक दर्ता भएका छन्। विद्युतीय बाइक ६०८ युनिट दर्ता भएका छन्।

सम्बन्धित समाचारहरू

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरा – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...