यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी करिब २ वर्षदेखि निरन्तर परीक्षण भइरहेको छ । अन्ततः मारुतीको सो इलेक्ट्रिक एसयूभी जनवरी २०२३ मा अटो एक्सपोमा सार्वजनिक गरिने भएको छ । कम्पनीले यसको नाम ईभीएक्स राखेको छ र यसले हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

मारुती ईभीएक्स पोल्याण्डमा म्यानुफ्याक्चर गरिने छ तर सो एसयूभी पहिला भारतमा लन्च हुने सम्भावना छ । सो नयाँ ईभी टोयोटासँग संयुक्त रूपमा विकास भइरहेको छ ।

मारुती सुजुकी ईभीएक्स लगभग ४.३ मिटर लामो र २७०० एमएमको ह्विलबेस हुनेछ । एसयूभीको अगाडि फ्ल्याट बोनट, दुबै छेउमा ठूला हेडल्याम्प भएको अपसाइट नोज रहेको छ । साथै यसमा ठूलो क्लोज्ड अफ ग्रिल पनि उपलब्ध छ । ईभीको पछाडि भने डोरको ह्यान्डल सी–पिलरमा राखिएको छ ।

मारुती ईभीएक्समा मस्कुलर शोल्डर लाइनसहितको फराकिलो स्ट्यान्स छ । यसमा कनेक्टेड एलईडी लाइट ट्रिटमेन्टको फिचर पनि हुने सम्भावना छ । साथै कुपे एसयूभी लुकका लागि रूफलाइन पनि जडान गरिएको छ । मारुती ईभीएक्सको ड्यासबोर्ड पनि लामो छ र एसी भेन्ट भर्टिकल लाइनमा छ । साथै सेन्टरमा फिजिकल बटन र नबको होरिजन्टल स्टक पनि छ र स्टेयरिङ ह्विलमा टु स्पोक डिजाइन पनि समावेश छ ।

यसको पावर विन्डो स्विच, एड्जस्टेबल पावर सिटको बटन र अन्य केही बिटहरू टोयोटाको जस्तो देखिन्छ । सो एसयूभीमा ३६० डिग्री क्यामेरा, फ्रेमलेस रियरभ्यू मिरर र एडीएएस टेक्नोलोजी पनि हुनेछ ।

मारुती सुजुकीको यो नयाँ एसयूभी नयाँ प्लेटफर्ममा आधारित छ । पावरट्रेनको लागि मारुतीले कन्सेप्ट कारमा ६० किलोवाटको ब्याट्री र ५५० किमी रेन्जको घोषणा गरेको थियो । साथै न्न्ट्रि लेभल भेरिएन्ट पनि हुनेछ जसमा लगभग ४८ किलोवाटको सानो ब्याट्री र लगभग ४०० किमीको रेन्ज हुनेछ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक स्वास्थ्य तथा शिक्षामा ऐतिहासिक योगदान पु-याएको शारडा परिवार लहान नगरपालिकाद्वारा सम्मानित

सार्वजनिक स्वास्थ्य तथा शिक्षामा ऐतिहासिक योगदान पु-याएको शारडा परिवार लहान नगरपालिकाद्वारा सम्मानित

लहान – सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए...

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत...

ओमोडा ई५ ले पार ग-यो महत्वपूर्ण परीक्षण वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ

ओमोडा ई५ ले पार ग-यो महत्वपूर्ण परीक्षण वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ

ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...