भारतमा पहिलो पटक मोटोजीपी रेस आयोजना हुने, यसरी गर्न सकिन्छ टिकट बुकिङ

भारतमा सेप्टेम्बर २२ देखि सेप्टेम्बर २४, २०२३ सम्म मोटोजीपी रेस हुने भएको छ । ग्रेटर नोएडाको बुद्ध इन्टरनेसनल सर्किटमा आयोजना हुने सो मोटोजीपीका लागि लागि टिकट बिक्री भइरहेको छ ।

मोटोजीपी इन्डिया २०२३ को आधिकारिक आयोजक फेयरस्ट्रिट स्पोर्ट्सले मोटोजीपी रेसको टिकट बिक्री सुरु गरेको हो । मोटोजीपीको टिकट बुकमाईशो वेबसाइटमा गएर बुक गर्न सकिन्छ । सुरुमै दर्ता भएका प्रयोगकर्ताका लागि टिकट शुक्रबारदेखि बिक्री सुरु भएको हो र सामान्य टिकट भने जुन २४ गते दिउँसो १२ बजेदेखि बिक्री सुरु भएको हो ।

फेयरस्ट्रिट स्पोर्ट्सले कुल ११ तहमा टिकट बिक्री गरेको छ । सामान्य टिकटको मूल्य ८ सय भारुदेखि सुरु हुन्छ, मुख्य ग्रान्डस्ट्यान्ड टिकटको मूल्य २० हजार देखि ३० हजार भारु र प्लेटिनम कर्पाेरेट बक्स सिटको मूल्य ४० हजार भारु तोकिएको छ ।

पहिलो मोटोजीपी इन्डिया ग्राण्ड प्रिक्स ग्रेटर नोएडा, उत्तर प्रदेशको बुद्ध अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुनेछ । उक्त रेस ट्रयाक लगभग ५ किलोमिटर लामो छ र कुल १६ कुना समावेश छ । यसमा लगभग १ लाख मानिसको सिट क्षमता रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा अन्श्री बराल

नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा अन्श्री बराल

अन्श्री बराल सम्भवतः नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा छिन् । हाल...

फाइनल राउन्ड विजेता बने पौडेल र विष्ट

फाइनल राउन्ड विजेता बने पौडेल र विष्ट

नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार...

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...