किया क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या, ३० हजार कार फिर्ता वोलाइँदै

किया इन्डियाले ३० हजार वढी क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या आउन सक्ने भन्दै फिर्ता लिने निर्णय लिएको छ । सेप्टेम्वर २०२२ देखी मार्च २०२३ सम्म उत्पादन भएका ३० हजार २९७ क्यारेन्सलाई कम्पनीले फिर्ता लिने जनाएको हो । सो समय अवधीमा उत्पादन भएका यी एमपीभीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या आउन सक्ने भन्दै कम्पनीले सफ्टवयेर अपड्ट गर्न फिर्ता लिन लागेको हो ।

कियाले यसअघि पनि एयरव्याग कन्ट्रोल यूनिटमा समस्या देखिएको भन्दै सो एमपीभी फिर्ता लिएको थियो । साथै किया सेल्टोसको डिजेल फ्यूल पम्ममा समस्या देखिएपछि कम्पनीले सेल्टोसलाई पनि फिर्ता लिएर समस्या समाधान गरेको थियो ।

क्यारेन्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एमपीभी हो । ७ सिट क्षमता भएको सो एमपीभीको मूल्य नेपाली बजारमा ४८ लाख ९० हजार र ५२ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।

नेपाली बजारमा यसको प्रिमियम र प्रेस्टिज गरी दुई भेरिएन्ट उपलब्ध छ । भारतीय बजारमा फिर्ता लिने निर्णय भएपनि नेपाली बजारमा बिक्री भएको क्यारेन्सका विषयमा भने यहाँस्थित आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

सम्बन्धित समाचारहरू

किया सेल्टोस ४६ महिनामा ५ लाख बिक्री, नयाँ फेसलिफ्ट लन्च गर्ने तयारीमा

किया सेल्टोस ४६ महिनामा ५ लाख बिक्री, नयाँ फेसलिफ्ट लन्च गर्ने तयारीमा

किया इन्डियाको प्रिमियम एसयूभी सेल्टोसले लन्च भएको ४६ महिना भित्रमा ५ लाख...

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...