परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ । भारतमा यसै वर्ष आयोजना भएको अटो एक्स्पोमा यसको कन्सेप्टलाई प्रदर्शनीमा राखिएपछि सो कार छिट्टै बजारमा आउने तयारी भइरहेको अनुमान गरिएको थियो । सुजुकीले यसलाई इभीएक्स नामले बजारमा ल्याउने भएको हो ।

टोयोटासंगको सहकार्यमा आउन लागेको सो नयाँ इलेक्ट्रिक कारलाई कम्पनीले सन् २०२५ मा बिक्रीका लागी उपलब्ध गराइसक्ने उद्घोष गरेको थियो । सो कार बजारमा आउँदा हुन्डाईको क्रेटा इभी पनि तयार भइसक्ने हुँदा यी दुई एसयूभीलाई एकआपसका प्रतिस्पर्धी मोडल मान्न थालिएको छ । सुजुकीले यसलाई भारतमा उत्पादन गरेर विश्वबजारमा निर्यात गर्ने योजना बनाएकोमा पोल्यान्डस्थित टोयोटाको प्लान्टमा यसको पहिलो उत्पादन भएको हुनसक्ने आँकलन गरिएको छ ।

प्रोडक्सन स्पेक अनुसार सो कार ४.३ मिटर लामो हुनेछ भने ह्विलवेश २७०० एमएम रहनेछ । गाडीको अधिकांश भाग छोपेर परिक्षण गरिएका कारण विस्तृत विवरणहरु भने वाहिर आइसकेको छैन । तथापी सो नयाँ कारको इन्टेरियरमा महिन्द्रा एक्सयूभी ७०० को जस्तै ट्विन स्क्रिन सेटअप रहने अनुमान गरिएको छ । कारमा फ्लोटिङ सेन्ट्रल कन्सोल र युनिक टु स्पोक डिजाइनको स्टेरिङ ह्विल रहनेछ ।

सो नयाँ कार ४०० किलोमिटर रेन्ज दिने ४८ किलोवाट आवर र ५५० किलोमिटर रेन्ज प्रदान गर्ने ६४ किलोवाट आवरको व्याट्री प्याक अप्सनमा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था

काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...

५ मिनेटमै इलेक्ट्रिक स्कुटर शतप्रतिशत चार्ज हुने

५ मिनेटमै इलेक्ट्रिक स्कुटर शतप्रतिशत चार्ज हुने

ओला इलेक्ट्रिकले एक्स्ट्रिम फास्ट चार्जिङ प्रविधिको ब्याट्री निर्माण...

फरारी सुपरकारसँग प्रतिस्पर्धा गर्ने पहिलो सुपरकार ल्याउँदै ग्रेटवाल मोटर, मूल्य आधा कम

फरारी सुपरकारसँग प्रतिस्पर्धा गर्ने पहिलो सुपरकार ल्याउँदै ग्रेटवाल मोटर, मूल्य आधा कम

ग्रेटवाल मोटर अर्थात जीडब्लुएमले सन् २०२६ को अन्त्य सम्ममा पहिलो सुपरकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...