नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटगरी सो बैंकले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि नयाँ मौद्रिक नीति जारी गर्न लागेको सन्दर्भमा छलफल गर्दे लिखित सुझावहरु समेत पेश गरेको छ ।

उक्त लिखित सुझावहरुमा हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा त्यस व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ८० प्रतिशत पु¥याउने व्यवस्थाका लागि आग्रह गरिएको छ ।

त्यसैगरी उक्त पत्रमा चालु पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत्र मसान्तसम्म सावा र व्याज बुझाएका व्यवसायीहरुलाई व्याज र किस्ता बुझाउने समय थपका लागि गत बजेटमा कुरा आएको हुँदा उक्त समयभित्र अर्थात चैत्र भन्दा अगाडि नै सो सावा र व्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गरी दिने व्यवस्थाका लागि अनुरोध गर्दै दुई करोड भन्दा माथिको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि समेत अनुरोध गरिएको छ ।

यसै परिप्रेक्ष्यमा नाडाले व्यवसायीहरुले डीओ पाएर नामसारी र सवारी साधनहरुको डेलिभरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधि तोकिनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका लागि आग्रह गर्दे उल्लेखित सुझावहरुको समुचित सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजस्वमा पनि पर्ने धारणा राखेको बताएको छ ।

उक्त भेटघाट र छलफलमा नाडाका अध्यक्ष थापाले विगतमा नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु आफूहरुलाई अप्रिय लागेको भए पनि उक्त नीति निर्देशनहरुका कारण देशको बर्तमान आर्थिक परिदृश्यमा सकारात्मक प्रभाव पार्दे लगेको कुरा बताए ।

सोही छलफलको क्रममा गर्भनर अधिकारीले नाडाको सुझावहरुप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेको र आउदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने विश्वास व्यक्त गरे ।

सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्य समिति सदस्य तथा सुदूर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...