नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्यमा २ लाख ५० हजार वृद्धि

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। यो भन्दा पहिले केही समयका लागि भनेर सुरुवाती मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकेर यसको बिक्री शुरु गरिएको थियो । यस अनुसार हाल नेक्सन ईभी म्याक्सको मूल्य २ लाख ४९ हजार रुपैयाँले वृद्धि गरिएको हो ।

कम्पनीले अन्य ईभीको मूल्य वारेमा भने केही बताएको छैन । यसका वारेमा उत्पादक कम्पनीसँग छलफल चलिरहेको बुझिएको छ ।

टाटाको नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाटको ब्याट्री प्याक रहेको छ। यसमा १०० किलोवाटको मोटर रहेको छ।

टाटाको नेक्सन ईभी म्याक्समा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ। 

नेक्सन ईभी म्याक्समा १९० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ। यो एसयूभीमा १६ इन्चको डायमन्ड कट अलोय ह्विल रहेको छ। यसमा भएको मोटरले २५० एनएम टर्क जेनेरेट गर्छ।

टाटा नेक्सन ईभी म्याक्समा प्रोजेक्टर हेडल्याम्प, सनरुफ, फलोटिङ रुफ, पियानो ओआरभीएम, १६ इन्चको डायमन्ड कट अलोय ह्विल जस्ता फिचर छन्। एलईडी टेलल्याम्प, रुफरेल, शार्क फिन एन्टेना, बडी कलर डोर ह्यान्डल पाउन सकिन्छ।

यसैगरी रेन सेन्सिङ वाइपर, लेदर सिट, विभिन्न ६ तरिकाले एडजस्ट गर्न सकिने ड्राइभर सिट, एसी भेन्ट्स, लेदर र्याप गरिएको स्टेरिङ ह्विल, फ्रन्ट एसी, हिटर, क्याबिन बुट एक्सेस, क्रुज कन्ट्रोल ईभीमा छन्। किलेस स्टार्ट/स्टप बटन, १२ भोल्ट पावर आउटलेट, ड्राइभ मोड सेलेक्टर, भ्यानिटी मिरर जस्ता सुविधा पनि समावेश छन्।

ट्रयाक्सन कन्ट्रोल, प्यानिक ब्रेक अलर्ट, रोल ओभर मिटिगेसन, अटो भेइकल लोड, चाइल्ड सेफ्टी रियर डोर लक, फ्रन्ट फगल्याम्प लगायतका फिचर्स टाटाले नेक्सन म्याक्स ईभीमा उपलब्ध गराएको छ।

त्यसबाहेक, अन्य फिचर्सहरु जस्तै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम ‘ईएसपी’, टायर प्रेसर मापन गर्ने प्रणाली टायर प्रेसर मनिटरिङ सिस्टम (टिपीएमएस), ड्राइभर एण्ड को–ड्राइभर एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल पाउन सकिन्छ।

टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ। गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

सम्बन्धित समाचारहरू

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

कोरियन अटो निर्माता कियाले सन् २०२७ सम्ममा १४ वटा मोडलका इलेक्ट्रिक कार...

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

काठमाडौं – गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...