होन्डाले लन्च ग-यो नयाँ होन्डा साइन १२५, जान्नुहोस् मूल्य र फिचर

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले ओबीडी २ कम्प्लायन्ट इन्जिनसहित नयाँ होन्डा साइन १२५ भारतीय बजारमा लन्च गरेको छ ।

होन्डाले नयाँ साइन १२५ ड्रम र डिस्क ब्रेक गरी २ भेरिएन्टमा लन्च गरेको छ । ड्रम ब्रेक भेरिएन्टको मूल्य ७९ हजार ८ सय र डिस्क ब्रेक भेरिएन्टको मूल्य ८३ हजार ८ सय भारु राखिएको छ ।

कम्पनीले नयाँ साइन १२५ बाइक १० वर्षको वारेन्टीसहित लन्च गरेको छ, जसमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र ७ वर्षको अप्सनल एक्सटेन्डेड वारेन्टी समावेश छ । यद्यपि एक्सटेन्डेड वारेन्टीका लागि थप शुल्क तिर्नुपर्नेछ । सो बाइक ५ कलर विकल्पमा लन्च गरिएको छ ।

कम्पनीले नयाँ रियल ड्राइभिङ इमिसन नर्म्स अन्तर्गत बाइकमा १२५ सीसी इन्जिन प्रयोग गरेको छ । सो इन्जिनले १०३ बीएचपीे पावर र ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्समा जोडिएको छ । कम्पनीले इन्जिनमा घर्षण कम गर्न घर्षण रिडक्सन टेक्नोलोजी प्रयोग गरेको छ, जसले इन्जिनको तापक्रम कम राख्न मद्दत गर्छ ।

नयाँ होन्डा साइन १२५ मा १६२ एमएम ग्राउन्ड क्लियरेन्स र १२८५ एमएम ह्विलबेस छ । यसमा कम्पनीले एसीजी साइलेन्ट स्टार्ट मोटर जडान गरेको छ, जसले ठूलो आवाज नगरी इन्जिन सुरु गर्छ ।

बाइकमा एनालग स्पिडोमिटर, इन्धन मिटर, इन्जिन स्टार्ट÷स्टप स्विच र हेलोजन टेल लाइटसहित हेलोजन हेडल्याम्प रहेको छ । बाइकमा १८ इन्चको अलोय ह्विलसहित ट्युबलेस टायर समावेश छ ।

बाइकमा क्रोम गार्निससहितको बोल्ड फ्रन्ट भाइजर, उत्कृष्ट ग्राफिक्स, ईएसपी, एसीजी स्टार्टर, डीसी हेडल्याम्प, ५ स्टेप एडजस्टेबल रियर सस्पेन्सन, एक्सटर्नल फ्युल पम्प जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले डियो स्कुटरको नयाँ भर्सन लन्च...

आज लन्च हुँदै होन्डा एलिभेट, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने अनुमान

आज लन्च हुँदै होन्डा एलिभेट, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने अनुमान

भारतमा आज होन्डाको मिड साइज कार एलिभेट लन्च हुँदैछ । भारत र नेपालमा समेत...

नयाँ स्पोर्टी लुकसहित होन्डा डियो १२५ ‘एक्स-एडिसन’ भारतमा लन्च

नयाँ स्पोर्टी लुकसहित होन्डा डियो १२५ ‘एक्स-एडिसन’ भारतमा लन्च

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो लोकप्रिय स्कुटर होन्डा डियो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...