एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य इनर्जी नियूक्त
काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको बताएको छ ।
यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्ष को लागि) हुन्डाई कोना र आयोनिक ५ खरिद गर्न सक्ने छन् ।
बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।
विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले हुन्डाई कोना र आयोनिक ५ लक्षित गरी यो अफर ल्याएको बताएको छ ।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
हुन्डाई कोना ३ वटा भेरिएन्टमा उपलब्ध छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, कोना जीएलको मूल्य ६१ लाख ९६ हजार र कोना जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयान् रहेको छ ।
त्यसैगरी आयोनिक ५ जीएलएस भिजन रुफ भेरिएन्टको मूलय १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...
सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन...
बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...