कुपे जस्तै देखिने कम्प्याक्ट सेडान ‘हुन्डाई अउरा’, यस्तो छ विशेषता र मूल्य
हुन्डाई नेपाली उपभोक्तामाझ सर्वाधिक रुचाइउको सवारी ब्रान्ड हो । कोरियाली...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभीको मूल्य ४० हजार रुपैयाँले बढाएको छ। कम्पनीले हालै वेबसाइटमार्फत सो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले हुन्डाई कोनाको टप भेरिएन्ट जीएलएसको मूल्य ४० हजार बढाएर ६४ लाख ९६ हजार रुपैयाँ पु¥याएको छ । पहिले यसको मूल्य ६४ लाख ५६ हजार थियो ।
त्यसैगरी इन्ट्री लेवल भेरिएन्ट एनएसको मूल्य ६० लाख ९६ हजार र जीएल भेरिएन्टको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ छ ।
कम्पनीले सरकारले ५० देखि १०० किलोवाट क्षमताको मोटर भएका गाडीमा करको दर बढाएपछि कोना ईभीको मूल्य पनि बढाइएको हो ।
सबै गाडी बिक्रेता कम्पनीले पुरानै मूल्यमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म मात्र थपेर नयाँ मूल्य सार्वजनिक गरेका छन्। यसमा टाटाको गाडी बिक्रेता सिप्रदी ट्रेडिङले भने अहिलेसम्म मूल्य बढाएको छैन।
यो भन्दा पहिले हुन्डाईले आयोनिक ५ को मूल्य १४ लाख रुपैयाँले घटाएर १ करोड २ लाख ९६ हजार रुपैयाँ कायम गरिसकेको छ ।
हुन्डाई नेपालले प्रभु बैंकसँग मिलेर ९.९९ प्रतिशत ब्याजदरमा इलेक्ट्रिक कार किन्न सकिने व्यवस्था गरेको छ । हुन्डाईका दुई इलेक्ट्रिक कार कोना र आयोनिक ५ का लागि यो सुविधा उपलब्ध हुनेछ ।
हुन्डाई नेपाली उपभोक्तामाझ सर्वाधिक रुचाइउको सवारी ब्रान्ड हो । कोरियाली...
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स...
आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...