मूल्य घटेपछि नेपाली बजारमा रोयल इन्फिल्डको चर्चा, माग धान्न कम्पनीलाई धौधौ

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क छुट र सडक दस्तुर घटाएपछि सो सेग्मेन्टका मोटरसाइकलको मूल्य कम भइरहेको छ । सो सेग्मेन्ट अन्तर्गत अनएसेम्बल अवस्थामा आयात हुने मोटरसाइकलमा ३० प्रतिशत र एसेम्वल भएर आयात हुने मोटरसाइकलमा ७० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएपछि स्वदेशमै एसेम्बल हुने मोटरसाइकलको मूल्यमा १ लाख ५० हजार रुपैयाँसम्मले कमी आएको हो । यसअघि विदेशमा एसेम्बल भएर आउने मोटरसाइकलमा ९० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

अन्तःशुल्क र सडक दस्तुक कम भएपछि रोयल इन्फिल्डको क्लासिक ३५० मा एकैपटक १ लाख ४९ हजार रुपैयाँले कमी आएको छ । यसअघि ६ लाख ५० हजारमा बिक्री हुँदै आएको सो मोटरसाइकलको नयाँ मूल्य ४ लाख ९९ हजार कायम गरिएको छ । साथै गत वर्ष भारतमा सार्वजनिक भएको स्क्राम ४११ बजेट अघि ९ लाख हाराहारीमा नेपाल आउने अनुमान गरिएकोमा सो नयाँ बाइकको मूल्य समेत निकै प्रतिस्पर्धी कायम गरिएको छ । स्क्रामलाई आधिकारिक वितरक अल्फा अटोमोटिभले ६ लाख ६० हजारमा बिक्री थालेको छ । यी दुवै मोडलको नेपालमा एसेम्बल थालिएका कारण पनि मूल्य सस्तो पर्न गएको हो ।

अनुमान गरिएभन्दा मूल्य निकै नै कम भएपछि अहिले नेपालको टु ह्विलर बजारलाई रोयल इन्फिल्डले राम्रैसँग तताएको छ । बजारमा अहिले यी दुई बाइकको विषयलाई लिएर चर्चा चुलिँदो छ । जसको सिधा प्रभाव बिक्रीमा समेत देखिन थालेको छ । अल्फा अटोमोटिभ स्रोतका अनुसार नयाँ मूल्य सार्वजनिक भएपछि क्लासिक र स्क्राम खरिद गर्नेहरुको लर्को नै लाग्ने गरेको छ ।

ग्राहकको माग वढ्न थालेपछि कम्पनीले बुकिङ लिएको करिब २० दिनभित्र डेलिभरी दिने प्रतिवद्धतासहित बाइक बुकिङ लिदै आएको छ । ‘नयाँ मूल्य सार्वजनिक भएपछि देशैभरबाट राम्रो बुकिङ आइरहेको छ । हामी ग्राहकलाई छिटोभन्दा छिटो डेलिभरी कसरी दिन सकिन्छ भनेर चिन्तित छौ । बाइकको एसेम्बल स्वदेशमै हुने कारण छिटो डेलिभरी दिन सहज भइरहेको छ’ कम्पनी स्रोतको भनाइ छ ।

ठूलो लगानीमा अत्याधुनिक प्लान्ट लगाएर स्वदेशमै एसेम्बल थालेको उद्योगले वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने कम्पनीको भनाइ छ । यसअघि नेपालमा रोयल इन्फिल्डले सवैभन्दा बढी ७ हजार युनिटसम्म मोटरसाइकल बिक्री गरेको थियो । तर अब मूल्यमा कमी आएपछि माग वढ्ने र आगामी आर्थिक वर्षमा सो संख्या दोब्बरले वृद्धि हुने अनुमान गरिएको छ ।

कम्पनीले यहाँ उत्पादन भएको मोटरसाइकललाई अन्य देशमा समेत निर्यात गर्ने सोच बनाएको वुझिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्डले आफ्नो लोकप्रिय रेट्रो-स्टाइल मोटरसाइकल हन्टर ३५० को नयाँ...

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल सटगन ६५० लाई मोटोभर्स इभेन्टमा...

रोयल इन्फिल्डका दुई मोटरसाइकल नेपालमा, करिव १ लाख ५० हजार कम मूल्यका साथ क्लासिक ३५० लन्च

रोयल इन्फिल्डका दुई मोटरसाइकल नेपालमा, करिव १ लाख ५० हजार कम मूल्यका साथ क्लासिक ३५० लन्च

काठमाडौं – रोयल इन्फिल्डका दुई मोटरसाइकल क्लासिक ३५० बीएस६ र स्क्राम ४११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...