रोमाञ्चक बन्यो ‘राइड टु रारा लेक’ : काठमाडौं देखि बाइकमा रारा पुगेर फर्केपछिको एक अनुभव

काठमाडौं लिजेन्ड्सले आयोजना गरेको ‘राइड टु रारा लेक’ भव्यतापूर्वक सम्पन्न भएको छ । गत जुन ४ अर्थात जेठ २१ गते रोयल इन्फिल्ड बाइकमा सवार २५ राइडर सहभागी सो राइड कार्यक्रम सफल र अनुपम रहेको राइडका क्याप्टेन प्रमोद श्रेष्ठ ‘गुफी’ ले बताए । यस्ता विभिन्न कार्यक्रममा सहभागी भइरहने र आन्तरिक पर्यटनलाई बढावा दिन भूमिका खेल्ने गुफी लगायतको टिम प्रशंसायोग्य छ ।

सो राइड कार्यक्रम र यसको रोमान्चकता वारेमा प्रमोद श्रेष्ठ ‘गुफी’ को अनुभव उनकै शब्दमा प्रस्तुत गरिएको छ ।

४ जुन : हामीले नक्सालस्थित रोयल इन्फिल्ड शोरुमबाट हाम्रो यात्रा शुरु ग-यौ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर हाम्रो प्यारो मेघराज पौड्याल सरले फ्ल्याग अफ गरे पछि शुरु भएको यात्रा मुग्लिङमा लन्च स्टप पश्चात दाङ जिल्लाको भालुवाङतर्फ प्रस्थान गरेको थियो । कावासोतीदेखि बुटवलसम्मको सडक धुलोले भरिएको थियो र गर्मीले हाम्रो दुःख थपियो । तर १२ दृढ बाइकर र तीन पिलियनले यसलाई छोड्नेवाला थिएनन्। हामी सकुशल भालुवाङ पुग्यौँ ।

५ जुन : हामीले इन्धन भयौ र घोराही तथा तुलसीपुर हुँदै गुराँसा तर्फ लाग्यौं, पूरै सुर्खेत उपत्यकालाई नियाल्ने रमणीय र सुन्दर सवारी। रोयल राप्ती राइडर्स र वेस्टर्न इन्फिल्डर्स सुर्खेतका हाम्रा भाइहरूले हामीलाई न्यानो स्वागत गर्नुभयो। हामीले घोराहीमा रहेको नयाँ इन्फिल्ड शोरुम हेर्ने अवसर पायौं । गुराँसामा एउटा नयाँ होटेलले हामीलाई राम्रो आवास र स्वादिष्ट खाना प्रदान ग-यो।

६ जुन : गुराँसादेखि मन्मासम्मको सबैभन्दा रोमाञ्चक दिन थियो। हामीले केही गम्भीर डाइभर्सनहरू लिनुप¥यो जहाँ सडकले हाम्रो सहनशीलताको परीक्षण ग-यो र भारी वर्षा तथा असिनाले पनि पिट्यो। तर हामीलाई अगाडि बढ्नबाट कसैले रोक्न सकेन। अँध्यारो हुनुअघि नै कालिकोट जिल्लाको मान्मा पुग्यौं र रात त्यही बस्ने निर्णय ग-यौं ।

७ जुन : मान्मामा केही भार घटाउँदै हामी स्थानीय रूपमा उब्जाएको स्वादिष्ट मार्सी चामलको खाजा लिएर रारा राष्ट्रिय निकुञ्जतर्फ लाग्यौ । डरलाग्दो भीरको सडकबाट गुज्रिनु पर्दा कठिन लाग्ने नै भयो । बाटोमा हामीले दर्शनीय शिंजा उपत्यका पार ग-यौ । उपत्यका एक सुन्दर समतल धान खेतहरू, पाइन रूख सहितका पहाडहरूले घेरिएको, एकीकृत नीलो छाना भएका घरहरू भएको सबैभन्दा सुन्दर ठाउँहरू मध्ये एक हो । जब हामी सडक समाप्त हुने स्थान सल्लेरीमा पुग्यौं, अँध्यारो भइसकेको थियो। हामीले १५ वटा घोडा भाडामा लिएर बाक्लो पाइन जङ्गल गन्तव्यतिर लाग्यौ र पुग्यौ – नेपालको सबैभन्दा ठूलो ताजा पानीको ताल रारा ताल। हामीले एउटा सानो होटल इको रिसोर्टमा चेक इन ग-यौ ।

८ जुन : अब ताल हेर्ने समय भयो । ३० मिनेटको छोटो पैदल यात्रा पश्चात हामी सुन्दर तालको किनारामा पुग्यौ । तालको सुन्दरता र वरपरका क्षेत्रहरूको प्रशंसा गर्दै हामीले दिनभरि बितायौं। एउटा छोटो डुङ्गा यात्रा ग¥यो र तालको छेउमा बस्नको लागि हाम्रो होटल परिवर्तन ग¥यौं । हामीले केही खेलहरू र बार्बेक्यु पार्टीको साथ साँझमा रमाइलो ग-यौ ।

९ जुन : हाम्रो फर्कने यात्रा सुरु गर्ने समय थियो। भारी मन लिएर हामीले ताल छोड्यौं। तालको शान्त पानीले सुन्दर नीलो आकाश झल्काएको थियो । चारैतिर हरियो पाइन रूखहरूले फ्रेम गरेको, यो ठाउँ धेरै विशेष छ र हाम्रो हृदयमा रहनेछ ।

हामी फर्केर हाम्रो रोयल इन्फिल्ड पार्क गरेको सल्लरीमा पुगेपछि फापर र कोदोको रोटी, आलु दम इत्यादि स्थानीय स्वादिष्ट खानाहरूको मज्जा लियौं। तारा एयरबाट पुगेका केही सामानहरू लिन हामी ताल्चा एयरपोर्ट गयौ । त्यसपछि तेल भरेर सिंजा उपत्यका हुँदै पहिलेकै मनोरम दृश्यका साथ मान्मातर्फ फक्र्यौ ।

१० जुन : हामी मान्मा पश्चात लामो यात्राका साथ कोहलपुरतिर फर्कियौं । बाँके राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा हामीलाई सानो समूहमा जान भनियो । बाघले आक्रमण गर्ने जोखिमका कारण हामीलाई त्यसो भनिएको थियो । यद्यपि हामी समयमै कोहलपुर पुग्यौं। कोहलपुरको उच्च तापक्रम हामीले सोचेको जस्तो सहज थिएन। तर एसी सहितका कोठा र राम्रो खानाको साथ पाउदा हामी निकै खुसी भयौ ।

११ जुन : हामी कोहलपुरबाट लुम्बिनीका लागि हिड्यौ । बीचमा कपिलवस्तुको तिलौराकोटको छोटो भ्रमण समेत सम्पन्न भयो । दिनभरी तराईको तातो लहरमा हामी चिसो पानीको अनुभव गर्न बारम्बार रोकिएका थियौं। यो रमाइलो थियो र हामीलाई गन्तव्यमा पुग्न मद्दत ग¥यो । साँझमा मायादेवी मन्दिर र अखण्ड शान्ति दीपको दर्शन ग-यौ ।

१२ जुन : हामीले लुम्बिनी छोड्यौ र कुरिन्टार हिल्स एण्ड होराइजन होटलतिर लाग्यौं, जहाँ हामीले अन्तिम रात सँगै बिताउने योजना बनेको थियो । दुई घन्टाभन्दा बढी धुलो सडकमा यात्रा गरेपछि इन्फिल्डर्स स्टेसन कावासोतीले हामीलाई स्वागत ग¥यो र हामीलाई एयरकन लाउन्जमा आराम गर्ने व्यवस्थाका साथ प्रान जुस र फलफूलको सलाद खुवायो – रिचार्ज गर्ने कस्तो राम्रो तरिका ?

धन्यवाद ! त्यसपछि हामीलाई हाम्रो आफ्नै सरोज श्रेष्ठ (उर्फ बुलेट पासा) र नारायणगढको मन्दिपमान श्रेष्ठले ग्रीन लिफ रेस्ट्रोमा अर्को न्यानो स्वागत गरे । त्यही समयमा आकाशबाट पानी पर्न थाल्यो । पानी निकै आवश्यक थियो तराईको निरन्तर बढ्दो गर्मीका कारण पनि । हामीले राराबाट पानी ल्याएझैँ भयो । हाहाहाहा ! हामीले स्वादिष्ट खाजाको मजा लियौं र हाम्रो रिसोर्टमा दिनको अन्तिम ल्यापको लागि प्रस्थान ग-यौ ।

बीबीक्यु पूल साइड पार्टी, पूल भलिबल प्रतियोगिता, केही कराओके सत्रको साथ हामीले दिन समाप्त ग-यौ ।

१३ जुन : दिउँसो सम्मको लामो आराम, एक रमाइलो ब्रेकफास्ट, केही समय पौडी खेलेर हामी रिसोर्ट छोड्यौ । अनि आफ्नो गृहनगर काठमाडौं तर्फ लाग्यौं ।

पुनः एक पटक हामी सबैलाई भाग लिनु भएकोमा धन्यवाद दिन चाहन्छौं।

धन्यवाद रोयल इन्फिल्ड नेपाल, मेघराज पौडेल, अभिषेक शुक्ला हार्ड ह्याट, कवच, रिबुस्ट इनर्जी ड्रिंक किबु इनर्जी, शेल लुब्रिकेन्ट्स नेपाल । जसको सहयोग बिना यो सवारी सम्भव थिएन ।

हिमालयन इन्फिल्डर्सका तर्फबाट सुरजलाई विशेष धन्यवाद जसले केही कठिन परिस्थितिहरूमा पनि बाइकहरू ठीक गर्न कडा मेहनत गरे। एक अविस्मरणीय मुस्कान सहितको मान्छे ।

अर्को समय सम्म... जय बुलेट ! जय इन्फिल्ड !!

सम्बन्धित समाचारहरू

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न...

सीएफमोटो १५० एनके सोल्ड आउट, अब बढी मूल्य सहित नयाँ ग्राफिक्समा

सीएफमोटो १५० एनके सोल्ड आउट, अब बढी मूल्य सहित नयाँ ग्राफिक्समा

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो १५० एनके सोल्ड आउट भएको छ ।...

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्डले आफ्नो लोकप्रिय रेट्रो-स्टाइल मोटरसाइकल हन्टर ३५० को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...