वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अन्तर्गत गठीत सीप विकास इकाईका सदस्यहरु तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटास अन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (Enssure) का उच्च अधिकारीहरुको समुपस्थितिमा नाडाको सचिवालय टेकुमा बृहत तालिम संञ्चालनका लागि एउटा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्ने कार्य विधिवत रुपमा सम्पन्न भएको छ ।

उक्त सम्झौता ज्ञापन पत्रमा नाडाको तर्फबाट अध्यक्ष डा. ध्रुव थापा र सो परियोजनाका तर्फबाट सो संस्थाका टिम लिडर रवीन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरु (टीओआर) समेत तयार गरिएकोे छ ।

नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र सीपयुक्त बनाउनका लागि लागि सो सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरिएको हो ।

यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने नाडाले जनाएको छ । जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछन् । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।

नाडाले आफनो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको र यसलाई दीर्घकालसम्म संचालन गर्ने उद्देश्य राखेको बताएको छ । यस किसिमको तालिमले अटोमोबाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको छ ।

नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय सीप विकास इकाई समेत गठन गरेको छ ।

सो हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ...

अर्थमन्त्रीलाई नाडाको १७ बुँदे नीतिगत सुझाव, समस्या समाधान गर्न पहल गर्ने मन्त्रीको भनाई

अर्थमन्त्रीलाई नाडाको १७ बुँदे नीतिगत सुझाव, समस्या समाधान गर्न पहल गर्ने मन्त्रीको भनाई

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सोमबार...

विदेशी मुद्रा सञ्चिति बढे पनि बढ्ने दर भने सुस्त, फेरि पनि कडाई हुन सक्ने

विदेशी मुद्रा सञ्चिति बढे पनि बढ्ने दर भने सुस्त, फेरि पनि कडाई हुन सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...