केटीएम ड्युक इलेक्ट्रिकको प्रोटोटाइप सार्वजनिक
केटीएमले ड्युकको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको घोषणा गरेको तीन...
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २५० सीसीका दुई बाइकको मूल्य ५० हजार रुपैयाँको दरले घटाएको छ ।
केटीएमका दुई बाइक केटीएम २५० ड्युक र २५० एड्भेन्चर गरी दुई बाइकको मूल्य ५० हजार रुपैयाँ घटेको छ ।
केटीएम २५० ड्युकको मूल्य पहिले ७ लाख ८५ हजार रहेकोमा अब ७ लाख ३५ हजार भएको छ भने केटीएम २५० एड्भेन्चरको मूल्य पहिले ७ लाख ५० हजार रहेकोमा अब ७ लाख रुपैयाँ कायम गरिएको हो ।
पछिल्लो समयमा माथिल्लो भर्सनका बाइकको मूल्य घटाउने क्रमलाई कम्पनीहरुले जारी राखेका छन् । नयाँ बजेटमार्फत यी बाइकको कर घटाइएका कारण बाइकको मूल्य समेत घट्ने भएको हो ।
नेपाली बजारमा केटीएमका बाइक युवा पुस्ता माझ लोकप्रिय छन् ।
केटीएमले ड्युकको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको घोषणा गरेको तीन...
केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...
केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसी इन्जिनमा उतारेको छ । नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...