महिलाको रोजाइमा प-यो टाटा टियागो ईभी : पर्खाईमा नेपाली ग्राहक

टाटा टियागो ईभी भारतीय बजारमा रुचाइएको इलेक्ट्रिक कार हो । गत जनवरी देखि डेलिभरी शुरु भएको सो ईभी हाल सम्म १५ हजार युनिट भन्दा बढी डेलिभरी भइसकेको छ ।

टाटा टियागो ईभी महिलाहरुले निकै नै रुचाएको पाइएको छ । भारतमा सो ईभी खरिद गर्ने ग्राहक मध्ये ५६ प्रतिशत ग्राहक ४० वर्ष भन्दा कम उमेरका छन् । ती मध्ये पनि २५ प्रतिशत महिला रहेका छन् ।

पुरै इलेक्ट्रिक गाडी खरिद गर्ने महिला ग्राहकको संख्या १२ प्रतिशत मात्र छन् । यो अवस्थामा टियागो ईभीका ग्राहक मध्ये २५ प्रतिशत महिला ग्राहक हुनुले सो कारप्रति महिला ग्राहकको आकर्षण देखाएको छ ।

पछिल्लो चार महिनामा मात्र १० हजार युनिट डेलिभरी भएको टाटा टियागो ईभी नेपालमा पनि प्रतीक्षारत इलेक्ट्रिक कार हो ।

टियागो ईभीमा ४५ किलोवाट मोटर छ । हालै सार्वजनिक गरिएको बजेटले ५० किलोवाट भन्दा कम क्षमता मोटर भएका ईभीको करमा कुनै परिवर्तन नगरेका कारण पनि यसको वारेमा धेरैको चासो छ । फेरि पछिल्लो समयमा बीवाईडी र सिट्रोन लगायतका यस्तै क्षमताका इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध हुने घोषणा गरिएका कारण पनि टियागो ईभीप्रतिको चासो बढेको छ ।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यो ईभी नेपाली बजारमा उपलब्ध गराउने बताइसकेको छ । यद्यपि ठ्याक्कै मिति भने तोकिएको छैन ।

यस्तो छ टियागो ईभी

टाटा टियागो ईभीमा सामान्य र फास्ट चार्जिङको विकल्प दिइएको छ । ३.३ किलोवाटको सामान्य चार्जरबाट फुल चार्ज हुन ५ देखि ६.५ घण्टा लाग्छ र ७.२ किलोवाटको एसी फास्ट चार्जरबाट १० प्रतिशत देखि १०० प्रतिशत सम्म चार्ज हुन ३.६ घण्टा लाग्छ । डीसी फास्ट चार्जरबाट ५७ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १५ एम्पीयर पोर्टेबल चार्जिङको विकल्प पनि दिइएको छ ।

टाटा टियागो ईभीमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको कनेक्टिभिटी उपलब्ध छ । यसको मद्दतले रियल टाइम चार्ज स्टाटस, कारको लोकेशन र एसी अन/अफ गर्न सकिन्छ ।

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता सेफ्टी फिचर उपलब्ध छ ।

टाटा टियागो ईभी लेटेस्ट जिपट्रोन प्लेटफर्ममा तयार गरिएको हो । यसको अगाडि २ वटा एयरब्याग दिइएको छ । आकस्मिक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि ईबीडीको साथमा एबीएस सिस्टम जडान गरिएको छ । साथै पार्किङको लागि रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा...

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा...

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...