रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च, रेन्ज र मूल्य कति ?
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
काठमाडौं – हालै सार्वजनिक गरिएको रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११ रारा नजिक पुगेको छ । काठमाडौं लिजेन्ड्सद्वारा आयोजना गरिएको ‘राइड टु रारा लेक’ इभेन्ट अन्तर्गत रोयल इन्फिल्डका अन्य बाइकका साथ स्क्राम ४११ पनि त्यहाँ पुगेको हो ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका टिम म्यानेजर अनुज मल्ल सवार सो बाइक त्यहाँ पुगेको हो । गत आइतबार काठमाडौंबाट प्रस्थान गरेको राइड टोली विभिन्न दुरी पार गर्दै आज विहान त्यहाँ पुगेको हो ।

रोयल इन्फिल्ड स्क्राम नेपालमै एसेम्बल भएको बाइक हो । यस अनुसार नेपालमै एसेम्बल भएको रारा नजिक पुग्ने पहिलो बाइक समेत स्क्राम ४११ बनेको छ । अल्फा अटोमोटिभले हाल नेपालमै बाइक एसेम्बल गर्न थालेको छ ।
केही दिन पहिले मात्र यो बाइक औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।
स्क्राम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । रोयल इन्फिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...