होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले भारतमा नयाँ एसयूभी ‘एलिभेट’ ग्लोबल डेब्यु गरेको छ । बजारमा पहिले उपलब्ध होन्डाका सीआर–भी र बीआर–भी जस्तै यो एसयूभी सेगमेन्टको अर्को सवारी साधन हुनेछ ।

आगामी जुलाई देखि यसको बुकिङ प्रारम्भ हुनेछ भने मूल्य पनि त्यही बेला नै सार्वजनिक गरिने छ । यद्यपि यसको मूल्य ११ लाख भारु देखि प्रारम्भ हुने अनुमान गरिएको छ ।

होन्डा एलिभेट ४,३१२ एमएम लामो र १,६५० एमएम उचाई भएको छ भने ह्विलबेस २,६५० एमएम छ । त्यसैगरी यसको बुट स्पेस ४५८ लिटर छ भने ग्राउन्ड क्लियरेन्स २२० एमएम छ ।

होन्डा एलिभेटको अघिल्लो भागमा होन्डा लोगो सहित फ्ल्याट नोज छ । चंकी एसयूभी लुक दिनका लागि यसको साइडमा फ्लेयर्ड ह्विल आर्च छ । विन्डो लाइन सी–पिलर तिर केही माथि उठेको छ भने १६ इन्चको अलोय ह्विल छ ।

पछिल्लो भागमा रियर विन्डो र र्याप अराउन्ड टेललाइट छ भने नम्बर प्लेटका लागि ठूलो टेलगेट छ ।

भित्री भागमा ड्यासबोर्डको बीचमा १०.२५ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट टचस्क्रिन छ । त्यसैगरी सिंगल–पेन सनरुफ र एडीएएस सिस्टम समेत उपलब्ध छ ।

ग्लोबल स्मल कार प्लेटफर्ममा बनेको होन्डा एलिभेटमा १.५ लिटर पेट्रोल इन्जिन छ, जसले १२१ एचपी पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड म्यानुअल ट्रान्समिसन वा सीभीटीमा उपलब्ध यो कार भविष्यमा हाइब्रिड भर्सनमा समेत आउने छ भने करिव ३ वर्ष भित्र इलेक्ट्रिक भर्सनमा समेत आउने बताइएको छ ।

होन्डा एलिभेटले हाल बजारमा उपलब्ध हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुशाक, सुजुकी ग्रान्ड भिटारा आदि एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डा सीबी७५० हर्नेट स्पोर्ट्स बाइक सार्वजनिक, यस्ता छन् विशेषता

होन्डा सीबी७५० हर्नेट स्पोर्ट्स बाइक सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ लिक्विड कुल्ड, ७५५ सीसी प्यारालल ट्विन इन्जिनसहित होन्डाले आफ्नो...

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण लन्च गरेको छ । डिस्क भेरिएन्टमा...

होन्डा डियो १२५ को नयाँ संस्करण सार्बजनिक, के–के छ फिचर ?

होन्डा डियो १२५ को नयाँ संस्करण सार्बजनिक, के–के छ फिचर ?

होन्डाले आफ्नो लोकप्रिय स्कुटर डिओ १२५ को नयाँ संस्करण लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...