विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना
चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...
काठमाडौं – डेलिभरी कम्पनी ड्यास लजिस्टिक एकै पटक १० युनिट विद्युतिय मोटरसाइकल खरिद गरेको छ। कम्पनीले सुपर शोकोका विद्युतीय मोटरसाइकल खरिद गरेको हो।
सुपर शोकोले विश्व वातावरण दिवसको अवसरमा ड्यास लजिस्टिकलाई १० युनिट मोटरसाइकल हस्तान्तरण गरेको हो। ड्यास लजिस्टिकले पार्सल डेलिभरी, बी२बी सेवा, सीमापार ढुवानी जस्ता सेवा दिँदै आएको छ।
कम्पनीले सुपर शोकोका विद्युतीय मोटरसाइकलद्वारा ग्राहकलाई सेवा दिने उद्देश्यका साथ विद्युतीय मोटरसाइकल खरिद गरेको र भविष्यमा यसलाई निरन्तरता दिने बताएको छ।
ड्यास लजिस्टिकले विद्युतीय दुइपाँग्रेको प्रयोगले कम्पनीको नाफा वृद्धि, नेपालमा उत्पादन भएको विद्युतको खपत, विदेशी मुद्रा सञ्चितिमा टेवा पुर्याउनुका साथै पर्यावरण जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको कारण कम्पनीको रोजाइमा परेको जनाएको छ।
कम्पनीले सुपर शोको टीसी मोटरसाइकल ५ युनिट र टीसी वन्डरर ५ युनिट खरिद गरेको हो। यी दुवै मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।
सुपर शोको टीसीमा १.९ किलोवाटको बोस मोटर रहेको छ। यो मोटरसाइकलको टप स्पिड ८० किलोमिटर प्रतिघन्टा रहेको छ। यसमा भएको ब्याट्रीले ८० देखि १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
त्यस्तै टीसी वन्डररमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसको टप स्पिड ७५ किलोमिटर प्रतिघन्टा रहेको छ। यसमा रहेको ब्याट्रीले १०० देखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...
केहि दिन अघिमात्र नेपाल भित्रिएको चाइनिज इलेक्ट्रिक कार नेटा भीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...