भारतमा इलेक्ट्रिक भेइकलको तुलनामा हाईब्रिडको बिक्री निकै उच्च
भारतमा इलेक्ट्रिक भेइकलको तुलनामा हाईब्रिड भेइकलको बिक्री निकै उच्च...
हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक १४ लाख रुपैयाँले कमी भए पछि यसको चर्चा चुलिएको छ । सरकारले लागू गरेको करको नयाँ दर अनुसार यसको मूल्य निर्धारण गरिएको हो ।
आयोनिक ५ को मूल्य पहिले १ करोड १६ लाख ९६ हजार रुपैयाँ भएकोमा अब १ करोड २ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।
यस्तो थियो शुरुमा नेपाल भित्रिदा मूल्य
हुन्डाई आयोनिक ५ पहिलो पटक नेपाल भित्रिएको पनि धेरै भएको छैन । २०७८ माघ महिना तिर सो इलेक्ट्रिक कार नेपाल भित्रिएको थियो । त्यतिबेला नेपाली बजारमा यो दुई भेरिएन्टमा उपलब्ध भएको थियो । भिजन रुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो । म्याट कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम थप गर्नुपर्ने व्यवस्था थियो ।
अनि एकै पटक बढ्यो ३६ लाख मूल्य
२०७९ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १०० किलोवाट देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाएका थिए । यसको सिधा असर आयोनिक ५ मा प-यो । यस अनुसार हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भिजन रुफयुक्त आयोनिक ५ को मूल्य पहिले ८० लाख ९६ हजार रुपैयाँ तोकेकोमा १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोेकेको थियो । यसरी सो गाडीमा एकै पटक ३६ लाख रुपैयाँले मूल्य बढेको थियो ।
अबको मूल्य १ करोड २ लाख ९६ हजार
अब समायोजन भएको नयाँ मूल्य सूची अनुसार आयोनिक ५ को मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको हो । हाल नेपाली बजारमा भिजन रुफयुक्त आयोनिक ५ मात्र उपलब्ध छ ।
हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म क्षमताका विद्युतीय गाडीको कर घटाएसँगै हुन्डाईको यो कारको मूल्य पनि घटेको हो ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।
यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ । हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएको छ । यस आधारमा यसको मूल्यमा पनि कमी हुने भएको हो ।
भारतमा इलेक्ट्रिक भेइकलको तुलनामा हाईब्रिड भेइकलको बिक्री निकै उच्च...
काठमाडौं–कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले थप नयाँ...
लहान – सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...