टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा गर्ने पिकअप ल्याउदै किया

कियाले टोयोटा, इसुजु र फोर्डसँग प्रतिस्पर्धा गर्न पिकअप ट्रक ल्याउने तयारी गर्दैछ । हालैको रिपोर्टका अनुसार कियाले नयाँ पिकअप ट्रक २०२४ सम्ममा लन्च गर्ने लक्ष्य राखेको छ । कम्पनीले टोयोटा हाइलक्स, इसुजु डी–म्याक्स र फोर्ड रेन्जरलाई चुनौती दिनेछ । यसको कोडनेम टीके राखिएको छ ।

कियाको सो नयाँ ट्रक पेलोडमा १,००० केजी र टोइङमा ३,५०० केजी हुनेछ । सो ट्रक सिंगल र डबल क्याब भेरिएन्टमा उपलब्ध हुनेछ । यो ग्राहकको आवश्यकता अनुसार फोर बाई फोर वा रियर ह्विल ड्राइभ विकल्पमा उपलब्ध हुनेछ । यसको डिजाइनको जानकारी भने कम्पनीले गोप्य राखेको छ ।

कियाले नयाँ ट्रक २ इन्जिनमा लन्च गर्नेछ । यसमा २.२ लिटर ४ सिलिन्डर टर्बाे डिजेल इन्जिन हुनेछ, जसले १९८ एचपीको पावर र ४४० एनएमको टर्क जेनेरेट गर्छ । त्यसैगरी अर्को ३.० लिटर टर्बो डिजेल भी६ इन्जिन हुनेछ, जसले २४६ एचपीको पावर र ५६० एनएमको टर्क जेनेरेट गर्छ ।

कियाले सो नयाँ पिकअप ट्रक एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोप जस्ता अन्य बजारमा पनि लन्च गर्ने योजना बनाएको छ । तर कम्पनीले यो पहिले अष्ट्रेलियामा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा...

थप सुविधा र नयाँ रङमा किया सेल्टोस र सोनेट फेसलिफ्ट लन्च

थप सुविधा र नयाँ रङमा किया सेल्टोस र सोनेट फेसलिफ्ट लन्च

किया मोटर्सले आफ्नो सबैभन्दा बढी बिक्री हुने एसयूभी सेल्टोसको साथै सस्तो...

किया सोनेटको विक्री ५ लाख युनिट नाघ्यो

किया सोनेटको विक्री ५ लाख युनिट नाघ्यो

कियाले आफ्नो सब–कम्प्याक्ट एसयुभी सोनेटको विक्री ५ लाख युनिट नाघेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...