रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा

फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११ वर्षभित्र ९ लाख सवारीसाधन बिक्री गरेको छ । कम्पनीले हाल भारतीय बजारमा क्विड, काइगर र ट्राइबर गरी ३ वटा कार उपलब्ध गराएको छ । नेपाली बजारमा समेत यी सवारी साधन बिक्री भइरहेका छन् ।

रेनोको क्विड कार सबैभन्दा धेरै बिक्री हुने कार मध्ये एक हो । यो हाल १.० लिटर इन्जिनमा प्रस्तुत गरिएको छ । सो मोडल म्यानुअल र अटो ट्रान्समिशनमा उपलब्ध छ । यो भन्दा पहिला रेनो क्विड ८०० सीसी मोडलमा उपलब्ध थियो । तर अप्रिलदेखि बीएस६ फेज २ लागू भएपछि कम्पनीले यसको प्रोडक्शन बन्द गरेको छ ।

कम्पनीको सबैभन्दा लोकप्रिय एसयूभी डस्टरको न्यू जेनेरेशन पनि चाँडै लन्च हुने भएको छ । नयाँ डस्टर २०२४ अटो एक्सपोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । सो कारले क्रेटा, नेक्सन र ह्यारियर जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ डस्टरमा नयाँ इन्जिन, डिजाइन र फिचर दिइनेछ । साथै कम्पनीले भारतमा केही थप कार पनि लन्च गर्ने योजना बनाएको छ । आगामी दिनमा कम्पनीले आफ्नो कारको लाइनअपमा ३ वटा कार थप्न सक्नेछ ।

सम्बन्धित समाचारहरू

रेनो क्विडको २०२२ मोडल सार्बजनिक, नयाँ भेरियन्ट आरएक्सएल(ओ) भयो थप

रेनो क्विडको २०२२ मोडल सार्बजनिक, नयाँ भेरियन्ट आरएक्सएल(ओ) भयो थप

फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक...

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...

नयाँ फिचर र अपडेटसहित रेनो क्विड, ट्राइबर र काइगर लन्च

नयाँ फिचर र अपडेटसहित रेनो क्विड, ट्राइबर र काइगर लन्च

रेनो इन्डियाले आफ्नो आगामी ३ वर्षको पोटफोलियो प्रस्तुत गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...