अब कारमा समेत ब्ल्याक बक्स हुने, के हो ब्ल्याक बक्स ? यसले कसरी गर्छ काम ?
ब्ल्याक बक्सको प्रयोग विशेषगरी प्लेन र हेलिकप्टरमा गरिन्छ । ब्ल्याक बक्स...
कार पार्किङ गर्दा कारको ह्यान्डब्रेक लगाउन कहिल्यै बिर्सनु हुँदैन । ह्यान्डब्रेक प्रयोग गर्नु राम्रो ड्राइभिङ बानीमा आउँछ । ह्यान्डब्रेकका कारण कारको चारै टायरमा ब्रेक लगाइएको हुन्छ तर कतिपय कारमा पछाडिको टायरमा मात्र ब्रेक हुन्छ ।
कारमा म्यानुअल ह्यान्डब्रेक आउने भए तापनि अहिले केही प्रिमियम कारमा विद्युतीकरण गरिएको छ, तर ९० प्रतिशतभन्दा बढी सवारी साधनमा म्यानुअल दिइएको छ । म्यानुअल ह्यान्डब्रेक प्रयोग गर्दा अक्सर गल्तीले सेट गरिन्छ । यसो गर्दा ह्यान्डब्रेक चाँडै बिग्रन्छ ।
ह्यान्डब्रेक सेट गर्न लिभरलाई माथि ताने पुग्छ । माथि तान्ने समयमा रिलिज बटन थिच्नु हुँदैन । ह्यान्डब्रेकमा दाँती ह्विल हुन्छ र जब ह्यान्डब्रेक उठाइन्छ, शाफ्ट लक र अनलक भएको आवाज आउँछ । यो आवाज आउनु पर्छ । यसले ह्यान्डब्रेक ठीकसँग काम गरिरहेको छ भन्ने देखाउँछ । यदि आवाज आएको छैन भने ह्यान्डब्रेक सेट भएको हुँदैन र कार असुरक्षित हुन्छ ।
ह्यान्डब्रेकलाई रिलिज बटन नथिचि जबरजस्ती तल झार्ने कोसिस गर्नु हुँदैन । यसले लिभरमा भार पर्न सक्छ । रिलिज गर्नका लागि यसमा भएको रिलिज बटन थिचि सजिलै तल झार्न सकिन्छ ।
रिलिज बटन थिच्दा टायरबाट ह्यान्डब्रेक छुट्ने भएकाले खुट्टाको ब्रेक समाई राख्नुपर्छ । झुकिएर कहिल्यै पनि कारलाई रेस दिनु हुँदैन । यसो गर्दा कारको ब्रेक प्याड, टायर र इन्जिनमा क्षति पुग्छ ।
ब्ल्याक बक्सको प्रयोग विशेषगरी प्लेन र हेलिकप्टरमा गरिन्छ । ब्ल्याक बक्स...
काठमाडौं– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश...
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...