विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?
इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा लाग्ने सडक दस्तुरको दर सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक विधेयकमा मिनीबस, माइक्रोबस, ट्रक, ट्रिपर, डम्पर, लरी, ट्रकलरी, मिनीट्रक, बन्द कन्टेनरसहितको ट्रक, सिमेन्ट बल्करले वार्षिक मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, २००० सीसीसम्मका कार, जीप, भ्यानहरु, सिंगल र डबल पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको ८ प्रतिशत सडक दस्तुर बुझाउनुपर्ने भएको छ भने २ हजारभन्दा माथिका कार, जीप, भ्यान, सिंगल र डबल क्याब पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको १० प्रतिशत सडक दस्तुर बुझाउनुपर्छ ।
धक्का दिने विद्युतीय मोटर भएका कार, जीप, भ्यान तीन पाङ्ग्रे बाहेकले मूल्यको ५ प्रतिशत दस्तुर तिर्नपर्ने छ भने धक्का दिने विद्युतीय मोटर भएका बस, मिनिबस, माइक्रोबसको दस्तुर मूल्यको २.५ प्रतिशत तिर्नुपर्ने बताइएको छ ।
त्यसैगरि १२५ सीसीसम्म क्षमताका मोटरसाइकलले प्रतिगोटा १५ हजार दस्तुर बुझाउनुपर्ने छ भने १२५ देखि २५० सीसीसम्मका मोटरसाइकल स्कुटरले १८ हजार दस्तुर बुझाउनुपर्ने छ ।
यसका साथै, ४०० सीसीसम्म क्षमता भएका मोटरसाइकल र स्कुटरले प्रतिगोटा २० हजार दस्तुर बुझाउनुपर्ने छ भने ४०० भन्दा बढी सीसीका मोटरसाइकलको सडक दस्तुर मूल्यको १० प्रतिशत हुनेछ ।
धक्का दिने विद्युतीय मोटर मात्र भएका मोटरसाइकल र स्कुटर, तथा तीन पांग्रे सवारी र ढुवानी साधनले १० हजार बुझाउनु पर्नेछ ।
इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत...
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण यसै आवभित्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...