किन हुन्छ कारको ब्रेक फेल ? सडकमै ब्रेक फेल भए के गर्ने ?

कल्पना गर्नुहोस् यदि तपाईं कार चलाउँदै हुनुहुन्छ र तपाईंलाई ब्रेक फेल भएको थाहा भयो भने के हुन्छ ? यस्तो अवस्थामा त्रसित नहुनुहोस् र संयमका साथ यी उपायहरु अपनाउनुहोस् ।

ब्रेक फेल हुनुको कारण के हो ?
कारको ब्रेक फेल हुनुको सबैभन्दा ठूलो कारण कारको नियमित सर्भिस नहुनु हो । लामो समयसम्म ड्राइभ गरेपछि कारको ब्रेक प्याड खिइन थाल्छ । ब्रेक प्याड समयमै परिवर्तन गर्नुपर्छ ।

कारको ब्रेक फ्लुइड चुहावट वा कम ब्रेक फ्लुइडको कारणले पनि ब्रेक लाग्दैन । लामो ड्राइभमा जानु अघि ब्रेक फ्लुइडको स्तर जाँच गर्नुपर्छ । कहिलेकाहीँ ब्रेक फ्लुइड लिक हुन पनि सक्छ र ब्रेक फेल हुन्छ ।

गाडीको तल्लो भागमा ठोक्किएर पनि ब्रेक लाइन बिग्रन्छ । यसको बारेमा तुरुन्तै थाहा नहुन सक्छ र कारको ब्रेकले धोका दिन सक्छ । यदि ब्रेक कम लाग्छ भने तुरुन्त सर्भिस सेन्टरमा गएर जाँच गर्नुपर्छ ।

अचानक ब्रेक फेल भए के गर्ने ?
अचानक ब्रेक फेल भएमा इन्जिन बन्द गर्ने गल्ती कहिले नगर्नुहोस् । कारलाई रिभर्स गियरमा पनि राख्नु हुँदैन । यसो गर्दा गाडी सडकमा चिप्लिन सक्छ । ब्रेक फेल भएको अवस्थामा कारको हाजार्ड लाइट अन गर्नुहोस् र कारको हर्न बजाइ राख्नुहोस् ।

गाडीलाई साइडमा लैजाने प्रयास गर्नुहोस्, जसले गर्दा ट्राफिक समस्याबाट टाढा हुन सक्छ । कारको गति कम गर्ने प्रयास गर्नुहोस् । यदि कार उच्च गियरमा चलिरहेको छ भने यसलाई चौथो वा तेस्रो गियरमा सिफ्ट गर्नुहोस् र क्लच छिट्टै छोड्नुहोस् । यसले झट्का लागे पनि कारको गति कम हुनेछ । गति थोरै घटेको बेला दोस्रो र पहिलो गियरमा पनि उही प्रक्रिया पछ्याउनुहोस् ।

अधिक स्पिडमा ह्यान्डब्रेक अचानक प्रयोग नगर्नुहोस् । यसो गर्नाले अगाडिको चक्का लक हुन्छ र कार सडकमा चिप्लिएर पल्टिन सक्छ । गति घटेको लागेमा र स्किड नभए जस्तो लागेमा बिस्तारै ह्यान्ड ब्रेक तान्नुहोस् ।

सम्बन्धित समाचारहरू

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

काठमाडौं – भारतको प्रतिष्ठित कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा...

अटो व्यवसायमा जमेकी पूजा गैरे : अटो क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य

अटो व्यवसायमा जमेकी पूजा गैरे : अटो क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य

अटो ब्यवसायी पूजा गैरे अटो व्यवसायको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन ।...

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...