स्कर्पियो बन्यो महिन्द्राको सर्बाधिक बिक्री हुने मोडल, बन्यो नयाँ रेकर्ड
वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै...
भारतको प्रसिद्ध अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आर्थिक वर्ष २०२३ मा सानदार मुनाफा हासिल गर्दै संसारको टप २५ अटो निर्माता कम्पनीमा सामेल भएको छ ।
ब्लुमबर्गका अनुसार उक्त आर्थिक वर्षमा १० हजार २८२ करोड भारु अर्थात १३० करोड डलर खुद नाफा आर्जन गरेर सो कम्पनी २२औं स्थानमा रहन सफल भएको हो । अब -यांकिङको आधारमा महिन्द्रा जापनिज कम्पनी यामाहा र मित्सुबिसीको बीचमा रहेको छ ।
हाल सम्म भारतीय अटो निर्माता कम्पनी मध्ये १० हजार करोड भन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनी टाटा मोटर्स मात्र रहेको थियो भने अब महिन्द्रा यसमा सामेल भएको छ ।
महिन्द्रा एन्ड महिन्द्रा अटोमोटिभ सेगमेन्टमा सफल हुनुका साथै सफल मेगा लन्च र कृषि उपकरण तथा फाइनान्सियल सर्भिस युनिटको योगदानका कारण समेत यस्तो सफलता हासिल भएको हो ।
सो सूचीमा जापानका ६ अटो निर्माता कम्पनी सामेल छन् । ती मध्ये सुजुकी सबैभन्दा माथिल्लो स्थानमा छ । त्यसैगरी चीन र जर्मनीका चार चार अटोमोबाइल कम्पनी छन् । सबैभन्दा पहिलो नम्बरमा जापानको टोयोटा रहन सफल भएको छ ।
अमेरिकी कम्पनी टेस्ला, जनरल मोटर्स र फोर्ड क्रमशः ५, ७ र १३औं स्थानमा छन् ।
वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै...
काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...
काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...