टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्सको वीरगन्जबाट पनि बिक्री सुरु गरेको छ।

कम्पनीले केही समय अगाडि नेक्सन ईभीको लङ रेन्ज नेक्सन ईभी म्याक्सलाई नेपाली बजारमा सार्वजनिक गरेको थियो।

बिहीबार एक कार्यक्रम गर्दै सिप्रदीले नेक्सन ईभी म्याक्सको वीरगन्जमा सार्वजनिक गरिएको जनाएको छ। अब यो गाडी बुकिङ तथा खरिद वीरगन्जमा रहको टाटाको आधिकारिक शोरुमबाटै गर्न सकिने कम्पनीले जनाएको छ।

यो गाडी नेपाल धेरै बिक्री भएको नेक्सन ईभीको लङ रेन्ज ईभी हो। सिप्रदीले यसलाई १०० किलोवाट मोटर पावरमा नेपाली बजारमा भित्र्याएको छ। यसको टप भेरिएन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ।

टाटाको नेक्सन ईभी म्याक्समा ४० किलोवाटको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ।

जसमा ३.३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५–१६ घण्टा लाग्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५–६ घन्टा लाग्छ। तर फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ। यसको लागि ५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर आवश्यक पर्दछ।

टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको रेन्ज प्रदान गरिएको छ। साथै गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो नयाँ नेक्सन ईभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको छ। अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत यसमा उपलब्ध छ। हालको नेक्सन ईभीमा रहेको पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) पनि यसमा समावेश गरिएको छ।

यसबाहेक, नेक्सन ईभी म्याक्सले ४८ सुविधाहरू सहितको जी कनेक्ट २.० कनेक्टेड कार टेक्नोलोजी अपग्रेड गरेको छ। यसले सिंगल–पेडल ड्राइभिङमा मद्दत गर्ने उच्चतम रेजेन लेभलको साथमा ब्रेकिङका लागि चार रेजेन लेभलसहित मल्टी–मोड रेजेन पनि प्राप्त छ।

टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेपछि सक्रिय हुन्छ, जसले सडक प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा पछाडि चेतावनी दिन्छ।

सम्बन्धित समाचारहरू

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक...

होन्डाले देखायो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच

होन्डाले देखायो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच वाहिर ल्याएको छ...

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...