नागढुंगा–नौबिसे सुरुङ मार्ग आयोजना ८२ प्रतिशत सकियो, मन्त्रीद्वारा स्थलगत अनुगमन

काठमाडौँ - वि।सं २०७६ कात्तिकमा शिलान्यास भएको नागढुंगा–नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२.२० प्रतिशत पुगेको छ। ५ हजार ४ सय ९९ मिटरमध्ये अब ९ सय ७९ मिटर मात्रै खन्न बाँकी छ।

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर कल्याण खड्काका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङ ९ सय २५.८० मिटर र इभ्याकुएसन १ हजार २ सय २१.७० मिटर पुरा भएको छ भने धादिङतर्फ १०७६.८० मिटर मुख्य र १०८४.१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भएको छ।

धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ८६.२५ मिटर क्रस प्यासेज निर्माण भएको र सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको इन्जिनियर खड्काले बताए ।

खड्काका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५.९० प्रतिशत अर्थात ९६५.७० मिटर सकिएको छ।

उक्त सरुङको हालसम्म भौतिक रुपमा लगभग ५३.४२ प्रतिशत काम सम्पन्न भएको छ। जसमा आर्थिक रुपमा ५८.३२ प्रतिशत खर्च भइसकेको छ ।

अहिले आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरिएको छ। यसरी हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

यसैगरी आयोजनाको म्याद एक वर्षको लागि थप भएर आएको खड्का बताउँछन्। सन् २०२४ अप्रिल २५ सम्म म्याद थपिएको हो।

त्यस्तै आज शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुराकानी गर्दै सबै समस्या तथा अप्ठ्यारोको समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा काम रोक्न नपाउने बताएका छन् ।

यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छूट नभएको मन्त्री ज्वालाले बताए। “सबै समस्या समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन। समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौं,” उनले भने।

सम्बन्धित समाचारहरू

यस्ता छन् संसारका १० सबैभन्दा सुन्दर सडकहरू

यस्ता छन् संसारका १० सबैभन्दा सुन्दर सडकहरू

यात्रा रमाइलो भए गन्तव्यको अर्थ हराउँछ। कारबाट लामो दूरीको यात्रा गर्ने...

पृथ्वी राजमार्गका आधा दर्जन स्थानमा पहिरो, राजधानी प्रवेशको लाइफलाइन अवरुद्ध

पृथ्वी राजमार्गका आधा दर्जन स्थानमा पहिरो, राजधानी प्रवेशको लाइफलाइन अवरुद्ध

काठमाडौं–गत शनिबार र शुक्रबारको अविरल वर्षापछि राजधानी प्रवेशको...

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...