जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडाैँ - एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक यात्रा गर्ने भएको छ। नेपालको पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टुर गर्ने भएका हुन्। नेपाल टुरिजम प्रोमोसन टुर (ताप्लेजुङ–दार्चुला) का संयोजक विष्णु विवेकले एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयास स्वरूप ताप्लेजुङ–दार्चुला बाइक टुर गर्न लागेको बताए।

पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टुरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) सँगकाे सहकार्यमा उक्त बाइक टूर आयाेजना गरिएकाे संस्थाले जनाएकाे छ ।

जेठ १० गतेदेखि सुरू हुने टुरअन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको संयोजक विष्णुले बताए।

झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ।

यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने योजना ग्रुपको रहेको छ।

टूरले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने ग्रुपले विश्वास लिएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

१७५ सीसी इन्जिनमा आयो अप्रिलिया एसआर, यस्तो छ मूल्य र विशेषता

१७५ सीसी इन्जिनमा आयो अप्रिलिया एसआर, यस्तो छ मूल्य र विशेषता

प्रिमियम स्कुटर उत्पादक अप्रिलियाले भारतमा आफ्नो लोकप्रिय मोडल एसआरको...

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

डुकाटीले आफ्नो पहिलो मोटोक्रस मोटरसाइकल डुकाटी डेस्मो४५० एमएक्स भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...