अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई यसको बारेमा थाहा छ ? अटोमेटिक क्लाइमेट कन्ट्रोलको फाइदा पनि छ र बेफाइदा पनि छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोलले कार ड्राइभ गर्न सजिलो हुनुका साथै सेफ्टीमा पनि सहज हुन्छ । धेरै कारहरूमा यो फिचर स्ट्यान्डर्डको रूपमा दिइएको हुन्छ ।

यो फिचर प्रयोग गर्न सजिलो छ । कुनै पनि तापक्रममा एसी सेट गरी अटोमेटिक क्लाइमेट कन्ट्रोलको लागि बटन थिची कारको एसीले फ्यानको स्पिड र क्याबिनको तापक्रम स्वतः सेट हुन्छ ।

कारमा एसी चलाउँदा कारको तापक्रम अलि कम हुन्छ । तर यो फिचर प्रयोग गर्दा कारमा एकनासको तापक्रम रहन्छ । साथै म्यानुअल एसीमा जस्तै बाहिरबाट आउने घामका कारण क्याबिनलाई चिसो पार्न बारम्बार फ्यानको स्पिड घटाउनु वा कुलिङ गरिरहनु पर्दैन । यसले चालकको ध्यान ड्राइभिङमा नै रहन्छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोलको बेफाइदाहरू पनि छन् । यो फिचरले धेरै समय र पैसा खर्च हुन सक्छ । यो फिचर अटोमेटिक भएको कारणले गर्दा यो एकपटक बिग्रियो भने म्यानुअल एसीको तुलनामा यसलाई फिक्स गराउन महँगो पर्छ ।

म्यानुअल एसीमा खराबी भएमा कम्प्रेसर परिवर्तन गरे पुग्छ तर अटोमेटिक क्लाइमेट कन्ट्रोलमा गडबडी भएमा त्यसलाई सर्भिस गर्न राम्रो मेकानिकको साथै अनबोर्ड कम्प्युटर पनि सेट गर्नुपर्छ । अटोमेटिक क्लाइमेट कन्ट्रोलमा धेरै बटनहरू पनि हुन्छ । यसलाई राम्रोसँग सञ्चालन गर्न सुरुमा केही कठिनाइ हुन सक्छ ।

सम्बन्धित समाचारहरू

अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न, अटो भिलेज निर्माणको प्रतिबद्धता

अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न, अटो भिलेज निर्माणको प्रतिबद्धता

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको २९औं वार्षिक साधारणसभा...

हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न

हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न

काठमाडौं – नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले...

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...