ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी
चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...
काठमाडौं – नेपाली बजारमा पहिले देखि नै कोमाकीको इलेक्ट्रिक स्कुटर उपलब्भ भएकोमा अब यो भन्दा अझै पावरफुल भर्सन कोमाकी एलवाई प्रिमियम भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो ।
यो स्कुटरमा अझै बढी पावर र रेन्ज उपलब्ध रहेको छ । कोमाकी एलवाई प्रिमियममा ३ हजार २ सय वाटको पिक मोटर पावर र २.०४६ किलोवाट आवरको ड्युअल लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसले ४.१० किलोवाट आवर बराबरको ब्याट्री पावर दिने कम्पनीको भनाइ छ ।
‘बाटोको अवस्था अनुसार नेपाली सडकमा कोमाकी एलवाई प्रिमियमले १६० देखि २०० किलोमिटरको रेन्ज दिन्छ ।’ युनिटी ट्रेडिङ कन्सर्नका सेल्स हेड उमेश अधिकारी भन्छन् ।
हाल केही समयका लागि स्कुटरमा १४ हजार रुपैयाँ छुट उपलब्ध छ । यस अनुसार हाल कोमाकी एलवाई प्रिमियम इलेक्ट्रिक स्कुटर ३ लाख ४५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
कोमाकीले हालै अर्को इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोरा समेत सार्वजनिक गरेको छ । विशेष गरी महिलाहरुका लागि डिजाइन गरिएको यो स्कुटर सहित हाल नेपाली बजारमा कोमाकीका ८ मोडलमा १४ भेरिएन्ट इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।
कोमाकी ईभी जापनिज प्रविधिद्वारा भारतमा उत्पादन गरिने इलेक्ट्रिक ब्रान्ड हो ।
चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...
बिद्युतिय साधनको लोकप्रियतासंगै यससंग जोडिएर आउने सुरक्षाले यस्ता साधन...
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...