‘नो हर्न’ अभियानमा थप कडाइ, नौ हजार आठसय कारबाहीमा
काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने...
काठमाडौं – पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ गत बैशाख २२ देखि सर्वसाधारणका लागि खुला भएको छ । योसँगै महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान छ ।
महानगरपालिकाअन्तर्गत सार्वजनिक–निजी साझेदारी ९पीपीपी० प्रमुख महेश काफ्लेका अनुसार सुरुवातमा यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्नेछ ।
महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाएसँगै निर्माणाधीन भ्यु टावरको पार्किङ खोल्ने निर्णय गरेको थियो । पार्किङको माग गर्दै बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित पनि भएका थिए ।
महानगरपालिकाका अनुसार टावरको दुई तला भूमिगत पार्किङको रूपमा प्रयोग हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ ।
महानगरपालिकाका अनुसार यो पार्किङले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । भ्यु टावर निर्माणमा हाल २४सै घन्टा काम भइरहेको छ ।
हाल सो पार्किङ निःशुल्क उपलब्ध गराइएको छ । भविष्यमा भने केही शुल्क लिने महानगरपालिकाको भनाइ छ ।
काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने...
अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र...
ट्राफिक प्रहरीले विभिन्न अवस्थामा सवारी चालकलाई जरिवाना तिराउने गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...