साझाका थप ३ विद्युतीय बस सञ्चालन

काठमाडौं – साझा यातायातले थप तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।

ती बसहरु साझाले पाटनढोका-रत्नपार्क- ज्ञानेश्वर- रातोपुल- गौशाला- चाबहिल- बौद्ध- जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ। भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।

यसका लागि साझाले दर्ता प्रक्रिया सुरु गरेको छ। दर्ता प्रक्रिया पुरा हुनेबितिकै ती थप बसहरु संचालनमा आउने छन्। अहिले साझाका ३ वटा विद्युतीय बसहरु एयरपोर्टको रुटमा संचालनमा छन्।

सोमबार थपेकासहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...