जडिबुटीमा खुल्यो सुविधा सम्पन्न वाइक सर्भिसिङ सेन्टर अटोमाण्डु

काठमाडौं– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले शनिबार एक कार्यक्रमकाबीच अटोमाण्डु स्टेशनको उद्घघाटन गरेका हुन् ।

नेपाली बजारमा उपलब्ध जुनसुकै ब्राण्डका मोटरसाइकल र स्कुटरलाई सर्भिसिङ प्रदान गर्ने तथा जेन्नयुन पार्ट्स, ट्युव, फिल्टर, लुब्रिकेन्ट्स, टायर, लगायतका समान उपलब्ध गराउने उदेश्यले अटोमाण्डु स्टेशन संचालमा ल्याइएको हो । सो सर्भिस सेन्टरलाई विगत १० वर्षदेखि अटोमोवाइल क्षेत्रमा आवद्ध राहुल शर्माले संचालनमा ल्याएका हुन् ।

उनले भने, ‘अटोमाण्डु एक व्यवस्थित सर्भिस सेन्टर हो । हामीले गुणस्तरिय तथा टिकाउ सामान प्रयोग गर्छौ । ग्राहकलाई सन्तुष्ट बनाउछौं । युवाहरुको पहिलो रोजाई अटोमाण्डु बन्न सफल हुनेछ । हामी नाफामुखीभन्दा पनि स्तरिय सेवा प्रदान गर्छौ । मल्टिब्राण्ड सर्भिसिङ सेन्टर हो अटोमाण्डु । कर्पोरेट सर्भिसिङ प्लान हामीले बनाएका छौं ।’

सर्भिसिङ सेन्टरसँगै क्याफे तथा रेष्टुरेन्ट पनि संचालनमा छ । वाइक तथा स्कुटर सर्भिसिङ हुदैगर्दा रिफ्रेसमेन्टका लागि क्याफे जान पनि सकिन्छ र कस्टमरका लागि लवि पनि छ । अटोमाण्डुमा करिव २ करोड रुपैयाँभन्दा धेरै लगानी भएको शर्माले जनाकारी दिए । सो सर्भिस सेन्टरमा १५ जनाले रोजगारी पाएका छन् ।

सम्बन्धित समाचारहरू

वर्कसपका लागि नयाँ दरको कर लागू गर्न अटो मेकानिक्स व्यवसायी संघले ग-यो महानगरपालिका समक्ष माग

वर्कसपका लागि नयाँ दरको कर लागू गर्न अटो मेकानिक्स व्यवसायी संघले ग-यो महानगरपालिका समक्ष माग

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं महानगरपालिकाले...

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स...

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारको सबैभन्दा लामो कार कति लामो होला ? अनुमान गर्न सक्नुहुन्छ ? हो, यो १००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...