गुगल म्याप्समा अब इमर्सिभ भ्यु फिचर, घरमै बसेर संसारको ट्राफिक दृश्य हेर्न सकिने

गुगलले गुगल म्याप्सको नयाँ सुविधा इमर्सिभ भ्यु लन्च गर्ने भएको छ । यो फिचरको मद्दतले प्रयोगकर्ताले घरमै बसेर एक ठाउँबाट अर्को ठाउँ जानका लागि विभिन्न रुट हेर्न सक्नेछन् ।

यसका साथै सो रुटको हावाको गुणस्तर, वास्तविक मौसम अपडेट र ट्राफिक अवस्थाबारे जानकारी लिन सकिनेछ । साथै प्रयोगकर्ता कतै जानु अघि त्यस ठाउँको प्रत्यक्ष दृश्य पनि हेर्न सकिनेछ ।

गुगलले वार्षिक रुपमा आयोजना गर्ने गुगल आईओ कम्फ्रेन्समा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको हो । आगामी केही महिनामै यो फिचर सार्वजनिक हुनेछ ।

गुगलका सीईओ सुन्दर पिचाईले गुगल म्याप्सले हरेक दिन २० अर्ब किलोमिटरभन्दा बढी मानिसलाई दिशा निर्देशन दिने बताए । नयाँ इमर्सिभ भ्यु सुविधाले मानिसको यात्रालाई सहज बनाउने उनले जानकारी दिएका छन् । इमर्सिभ भ्यु फिचरले आईओएस, एन्ड्रोइड र गुगल म्याप्स तीनवटै प्लेटफर्ममा काम गर्नेछ ।

हाल इमर्सिभ भ्यु फिचर न्यूयोर्क, लन्डन, पेरिस, फ्लोरेन्स, एम्स्टर्डम, सान फ्रान्सिस्को, भेनिस, सियाटल, टोकियो, सानजोस, लस भेगास, बर्लिन, लस एन्जलस, डब्लिन र मियामी गरी १५ शहरमा प्रयोग गर्न सकिने छ ।

सडक रुटको लागि इमर्सिभ भ्युले आफ्नो मार्गको बारेमा एकैचोटी आवश्यक पर्ने सबै जानकारी दिन्छ । यसले बाइकको लेन, फुटपाथ र पार्किङ स्थलको बारेमा जानकारी दिन्छ ।

सम्बन्धित समाचारहरू

महिलाका लागि निःशुल्क ब्लु बसदेखि सार्वजनिक सवारी र राइड सेयरिङमा यस्ता हुनेछन् व्यवस्था

महिलाका लागि निःशुल्क ब्लु बसदेखि सार्वजनिक सवारी र राइड सेयरिङमा यस्ता हुनेछन् व्यवस्था

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सय दिने कार्यसूची...

कर्णाली करिडोर खुल्यो

कर्णाली करिडोर खुल्यो

अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको...

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

काठमाडौं–नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...