केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना हुने, रजिष्ट्रेसन आह्वान
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो । युवा पुस्ताको रोजाइमा पर्ने स्पोर्ट्स मोटरसाइकल आरसी २०० लिन चाहने धेरै हुन्छन् ।
नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ छ ।
कम्पनीले हाल ५० प्रतिशत डाउन पेमेन्ट गरे पछि बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीमा तिर्न सकिने गरी उपलब्ध गराइरहेको छ । यस अनुसार शुरुमा डाउन पेमेन्टको रुपमा ३ लाख ३७ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ भने त्यति नै रकम किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।
शुरुमा १ वर्षको इन्स्योरेन्स रकम र रजिष्ट्रेशन शुल्क लगायतका रकम पनि बुझाउनु पर्ने हुनाले केही बढी रकम बुझाउनु पर्छ । १८ महिना सम्म मासिक किस्ता हिसाब गर्दा २० हजार २६५ रुपैयाँ हुन आउछ । यस अनुसार इन्स्योरेन्सको १३ हजार ५ सय र मासिक किस्ता तथा अन्य सबै जोड्दा शु्रुको महिनामा भने ३ लाख ७२ हजार रुपैयाँ बुझाउनु पर्छ । यो वाहेक सर्भिस चार्जको रुपमा समेत केही रकम बुझाउनु पर्छ ।
यस्तो छ केटीएम आरसी २००
नेपाली बजारमा केटीएम आरसी २०० गत वर्ष भित्रिएको हो । पहिले नै नेपाली बजारमा उपलब्ध भए पनि गत वर्ष देखि थप फिचरका साथ यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएको थियो ।
सो बाइकमा २०० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले १० हजार आरपीएममा २५ पीएस पावर तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियर बक्स रहेको छ ।
केटीएमले ट्रयाकलाई फोकस गरेर बाइकलाई बजारमा उतार्ने गर्छ । टीएसएस अर्थात ट्रयाक, स्पोर्ट र स्पिड जुनमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । त्यसैगरी यसलाई ट्रयांगुलर फर्मेसनमा निर्माण गरिएको छ । केटीएमले २०२० देखि नै यही फर्मेसनमा बाइक निर्माण गरिरहेको छ ।
फरक फरक बाटोमा फरक तरिकाले चलाउनका लागि यसमा विभिन्न प्रकारका राइडिङ मोड दिइएको छ । सुपरमोटो र रोड गरी दुई प्रकारका राइडिङ मोड यसमा उपलब्ध छ ।
यसममा १३.७५ लिटरको ट्यांकी रहेको छ । त्यसैगरी यसमा भएको फुल रेडियल टायरमा भएको धेरै एजिलिटीका कारण कर्नरिङमा सहजता थपिन्छ ।
राइडरको आवश्यकता अनुसार यसको ह्यान्डलिङ परिवर्तन गर्न सकिन्छ । टुरिङको अवस्थामा र अन्य सामान्य अवस्थामा आवश्यकता अनुसार ह्यान्डललाई तल वा माथि गर्न सकिन्छ ।
इजी टु मेन्टेन र ड्युरेबिलिटी यसको प्रमुख विशेषता हो । पहिले यसका लागि यो मोटरसाइकलले ७० मात्र अंक पाउन सक्थ्यो भने अहिले ९० भन्दा माथि नै अंक पाउन सक्ने बताइएको छ ।
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड...
केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...