एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन गरेको छ । यसअघि कम्पनीले सन् २००९ मा ९९० एसएमटी लन्च गरेको थियो तर पछि सन् २०१३ मा बन्द गरेको थियो । यो एड्भान्स टुरर बाइक हो ।
बाइकमा ह्यान्डलबार फराकिलो बनाइएको छ । यसका साथै यसको सिट पनि निकै आरामदायी बनाइएको छ र साइज पनि बढाइएको छ । बाइकको सस्पेन्सन पूर्ण रूपमा परिवर्तन गरिएको छ । यसमा १७ इन्चको अलोय ह्विल दिइएको छ ।
यसमा रि–ट्युन गरिएको ८९० एलसी८ इन्जिन दिइएको छ । सो इन्जिनले ८००० आरपीएममा १०५ बीएचपीको पावर र १०० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ ।
बाइकमा स्ट्रिट फोकस च्यासिस, एडजस्टेबल सस्पेन्सन र ड्युअल डिस्क ब्रेक छ । बाइकको फ्रन्टमा डब्ल्युपी अपेक्स ४३ एमएम सस्पेन्सन र रियरमा डब्ल्युपी एपेक्स मोनोसक दिइएको छ । सो बाइकको तौल १९४ केजी छ र यसको ग्राउन्ड क्लियरेन्स २२७ एमएम छ ।
केटीएम ८९० एसएमटीमा फुल एलईडी लाइट, ब्लुटुथ कलर टीएफटी डिस्प्ले, रेन, स्ट्रिट र स्पोर्ट्सका ३ राइडिङ मोड, लिन सेन्सेटिभ एबीएस दिइएको छ । बाइकमा हिटेड ग्रिप, मोटर स्लिप रेगुलेसन, क्विडसी सिफ्टर, क्रुज कन्ट्रोल जस्ता फिचर रहेको छ ।
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं– केटीएम नेपाली बजारमा सर्बाधिक रुचाइएको माटरसाइकल ब्रान्ड हो ।...
भारतमा केटीएमले आफ्नो लोकप्रिय एडभेन्चर बाइक केटीएम ३९० एडभेन्चर एक्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...