बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा गर्नेको संख्या पनि धेरै छ । तर, धेरै बाइक चालकलाई सवारी चलाउने सही तरिका थाहा नहुने भएकाले गल्ती गर्ने र दुर्घटनाको सिकार समेत हुने गरेको छ ।

बाइक रोक्दा पहिले ब्रेक थिच्ने कि क्लच थिच्ने भन्ने जानकारी हुनु आवश्यक छ । यो ब्रेकिङको स्थितिमा भर पर्छ । अर्थात् तपाई कहाँ ब्रेक लगाउनुहुन्छ, किन ब्रेक लगाउनुहुन्छ, ब्रेक लगाउँदा बाइकको गति कति छ र बाइक कुन गियरमा छ, यसले निर्धारण गर्छ । ब्रेक थिच्ने कि क्लच थिच्ने भन्ने जानकारी चार अवस्थामा हुनु आवश्यक छ ।

पहिलो स्थिति
ट्राफिकमा फसेको छ वा अगाडि जनावर आयो वा अगाडिको गाडी रोकियो भने, यस्तो अवस्थामा बाइक पूर्ण रूपमा रोक्न आवश्यक पर्छ । यहाँ क्लच र ब्रेक दुबै दबाउनु पर्छ । यसले बाइक रोकिन्छ तर इन्जिन बन्द हुँदैन ।

दोस्रो स्थिति
बाइक स्पिडमा छ र बाइकको स्पिड घटाउनको लागि मात्र ब्रेक लगाउनु परेमा यस्तो स्थितिमा ब्रेक मात्र प्रयोग गर्नुपर्छ । त्यसपछि मात्र क्लच दबाएर गियर डाउनसिफ्ट गर्नुपर्छ ।

तेस्रो स्थिति
बाइकको स्पिड ५० देखि ६० किलोमिटर प्रति घण्टाको गतिमा छ र कुनै कारणले १० देखि १५ किलोमिटर प्रति घण्टाको गतिमा चलाउनु आवश्यक परेमा बाइकको ब्रेक मात्र दबाए पुग्छ । यस्तो अवस्थामा हल्का ब्रेक लगाएपछि थ्रोटल प्रयोग गरेर बाइकलाई उही गतिमा फर्काउन सकिन्छ ।

चौथो स्थिति
कुनै पनि आपतकालीन अवस्थामा जस्तैः ट्राफिक जाममा, राजमार्गमा र बढी वा कम गतिमा बाइक चलाउँदा बाइक अचानक रोक्नु प¥यो भने क्लच र ब्रेक दुवै एकै साथ प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा बाइकको माइलेजमा ध्यान दिनु हुँदैन ।

सम्बन्धित समाचारहरू

८ हजार ३०० डलरमै आयो चेरीको नयाँ मिनि कार, यस्तो छ रेन्ज र विशेषता

८ हजार ३०० डलरमै आयो चेरीको नयाँ मिनि कार, यस्तो छ रेन्ज र विशेषता

काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले नयाँ क्यूक्यू डमी इलेक्ट्रिक कार...

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले आफ्नो डिलरसिपमा इलेक्ट्रिक कारका लागि सबैभन्दा छिटो चार्जरको...

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...