सिट्रोन नयाँ एसयूभीको पहिलो आधिकारिक टिजर सार्वजनिक

सिट्रोन इन्डियाले आफ्नो नयाँ सी३ एयरक्रस एसयूभीको टिजर जारी गरेको छ । सो एसयूभीले २७ अप्रिलमा विश्वव्यापी रूपमा डेब्यु गर्न भएको छ । सो एसयूभी ७ सिटरको हुनेछ । यसलाई पहिला भारतमा लन्च गरिने छ । सिट्रोन सी३ एयरक्रस एसयूभी सीएमपी मोड्युलर प्लेटफर्ममा आधारित छ ।

नयाँ सिट्रोन सी३ एयरक्रसमा १.२ लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले ११० बीएचपीको पावर र १९० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुने सम्भावना छ ।

नयाँ मोडलले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन १.० र स्कोडा कुशाक १.० सँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले थर्ड रोको लेआउटमा नयाँ एसयूभीको परीक्षण गरिरहेको छ । नयाँ मोडल ५ सिटर र ७ सिटरमा उपलब्ध हुने अपेक्षा गरिएको छ । नयाँ मोडल सी३ ह्याचब्याक भन्दा माथि राखिनेछ र यसको लम्बाई लगभग ४.२ देखि ४.३ मिटर हुने सम्भावना छ ।

सो एसयूभी एमपीभी जस्तो स्टाइलमा लन्च गर्नेछ । टिजरमा कारको माथिल्लो भागमा स्लिम डीआरएल र तल्लो बम्परमा मुख्य हेडल्याम्प युनिटको साथ स्प्लिट हेडल्याम्प सेटअप देखिएको छ । यसमा सिग्नेचर ग्रिल, नयाँ बम्पर, उच्च ग्राउन्ड क्लियरेन्स, प्लास्टिक बडी क्ल्याडिङ, ¥यापराउन्ड टेलल्याम्प र ठूला ह्विल छ ।

यसमा थप कनेक्टिभिटी फिचरसहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र मल्टि फङसनल स्टेयरिङ ह्विल हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...