४ भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा, मूल्य ४२ लाख ९५ हजार देखि शुरु

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ । सो कम्प्याक्ट एसयूभी चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

२०१९ देखि नेपाली बजारमा उपलब्ध भएको महिन्द्रा एक्सयूभी ३०० हाल नयाँ भर्सनमा उपलब्ध भएको हो । सो गाडी दुई प्रकारका इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

एक्सयूभी(३०० मा भएको १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पाङ्ग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा स्ट्यान्डर्डको रुपमा उपलब्ध छन्।

टीजीडीआई अर्थात टर्बोचार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सनद्वारा संचालित एक्सयूभी ३०० टर्बो स्पोर्ट भेरिएन्टले भने अझै बढी पिकअप दिन्छ । यसले १३० पीएस पावर र २३० एनएम टर्क जेनेरेट गर्छ । यसले ५ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । ४२ लाख मूल्यको सेगमेन्टमा यो सबैभन्दा छिटो गुड्ने पेट्रोल एसयूभी पर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार एक्सयूभी(३०० सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारी साधनहरूमध्ये एक बनाएको छ । यसमा डुअल फ्रन्ट एयरब्यागहरू, ईबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू छन्, जसले प्रत्येक यात्रामा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दछ । एक्सयूभी(३०० ले ग्लोबल एनसीएपी सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेका कारण यसले नेपाली सडकका लागि भरपर्दो र सुरक्षित विकल्प बनाएको कम्पनीको भनाइ छ ।

एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्टरस्टप जस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष–अफ–द–लाइन डब्ल्यू८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्ने कम्पनीले बताएको छ ।

एक्सयूभी ३०० सिरिज ७ रङहरू रेड रेज, एक्वा मरिन, डार्क ग्रे, पर्ल ह्वाइट, नेपोली ब्ल्याक, डी–स्याट सिल्भर र ब्लेजिङ ब्रन्जमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

दक्षिण अफ्रिकी कार बजारमा भारतीय उत्पादनको हिस्सा ५० प्रतिशत

दक्षिण अफ्रिकी कार बजारमा भारतीय उत्पादनको हिस्सा ५० प्रतिशत

काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा...

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता...

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...